Skip to main content

धनगढी न्यूज

Month: August 2025

जैविक तटबन्ध गरिदा स्थानीय खुशी

जैविक तटबन्ध गरिदा स्थानीय खुशी

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ । भजनी नगरपालिका समन्वय र कियाको आर्थिक सहयोगमा तटबन्ध गरिएको हो । वहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराद्वारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ३ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैविक तटबन्ध गरिएको छ । बर्षेनी बर्षायाममा काँडा नदीमा बाढी आई बर्दवाफाँटा बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिनको कटानी भई थुप्रै धनजनको क्षति हुने गरेको छ । तसर्थ यसबर्ष पनि बाढी तथा…
Read More
बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

१० भदौ, चितवन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने विभागका अधिकारीहरु बताउँछन् । ‘सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएपछि विभिन्न विदेशी दातृ निकाय तथा देशभित्रका विभिन्न निजी क्षेत्रसँग सहकार्य गरेर बाघ गणनाको काम अगाडि बढाउने तयारी छ,’ विभाग स्रोतले भन्यो । सरकारले हरेक चार चार बर्षमा बाघ गणना…
Read More
पशुपतिमा व्रतालुलाई कृत्रिम वर्षाले शीतल गराइँदै (तस्बिरहरू)

पशुपतिमा व्रतालुलाई कृत्रिम वर्षाले शीतल गराइँदै (तस्बिरहरू)

पशुपतिनाथ मन्दिर परिसर कृत्रिम वर्षा गराएर श्रद्धालु भक्तजनलाई शीतल गराइएको छ। तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। श्रद्धालु भक्तजनहरूलाई शीतल प्रदान गर्न कृत्रिम वर्षा गराइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। यसपटकबाट यस्तो अभ्यासको थालनी गरिएको हो। आराध्यदेव पशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ। यसका लागि  पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए। केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था…
Read More
हराए तीजका मौलिक भाका

हराए तीजका मौलिक भाका

कैलालीः कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो। दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे। दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो। ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन्। मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे। विज्ञापन घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिछिन्। उनी भन्छिन्, 'रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे। सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो। अब त ती सबै हराउँदै गए।' स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै…
Read More
कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू

काठमाडौँ । आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।   विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।रातो पाटी बाट साभार  
Read More
फुटपाथमा असरल्ल छाडिएका निर्माण सामग्रीले पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

फुटपाथमा असरल्ल छाडिएका निर्माण सामग्रीले पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

काठमाडौंको जमल, भोटाहिटी  र सुन्धारा क्षेत्रका फुटपाथ पैदलयात्रीका लागि सास्ती बनेको छ। फुटपाथमा जताततै निर्माण सामग्री असरल्ल छाडिँदा पैदलयात्रीलाई सकस भएको छ। विद्युत प्राधिकरणले विद्यूती तार भूमीगत गर्न भनेर विभिन्न ठाउँमा खनेको छ। कतिपय ठाउँमा खनिएका सडक त्यसै छाडिएका छन्। त्यसले थोरै पानी परे हिलाम्य हुन्छ। यसले पैदलयात्री थप सास्ती खेप्न बाध्य छन्। ठूला-ठूला पाइपका क्वाइलहरू पनि सडकपेटीमै राखिएको देखिन्छ। सडकपेटीमा छापिएका ब्लकहरू हटाएर किनारामा त्यसै छाडिएका छन्। चाडवाड नजिकिँदै गर्दा ग्राहकहरू भीड पनि यही क्षेत्रमा बढ्छ। यसरी सडकमै निर्माण सामग्री थुपारेर राख्दा अवरोध त हुन्छ नै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई  अझै चुनौती बढेको देखिन्छ। दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई…
Read More
अनदी मासिँदा अट्वारीमा असर

अनदी मासिँदा अट्वारीमा असर

धनगढीः रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ। अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो। अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ। यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ। खेती किसानी गर्दै आएका परिवार नै अन्डीको चामल नहुँदा अट्वारी पर्वमा व्रत बस्दैनन्। खेती नगर्ने परिवारलाई झनै समस्या छ। विज्ञापन अट्वारीका लागि अन्डीको चामल पाउनै मुस्किल रहेको स्वास्थ्यकर्मीसमेत रहनुभएकी कुसुम चौधरीले बताईन। 'धेरैतिर खोजेँ। बल्लबल्ल एक ठाउँमा पत्ता लाग्यो तर, थोरै भएकाले बेच्नै मानेनन्,' उनले थपिन्, 'अन्डीको चामलबिना त अट्वारी पर्व कसरी मनाउने?'…
Read More
विदेशी विनिमय सञ्चिति २७ खर्ब, एक वर्षमै थपियो ६ खर्ब

विदेशी विनिमय सञ्चिति २७ खर्ब, एक वर्षमै थपियो ६ खर्ब

८ भदौ, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएको छ । समग्र बजार मागमा अपेक्षित सुधार हुन नसक्दा सुस्त भएको आयातका कारण विदेशी विनिमय सञ्चिति ऐेतिहासिक बनेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म आइपुग्दा ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र…
Read More
बन्धक दाजु विपिन जोशीको प्रतीक्षा र बहिनीको संघर्ष

बन्धक दाजु विपिन जोशीको प्रतीक्षा र बहिनीको संघर्ष

नेपाल सगरमाथा र गौतम बुद्धको धर्ती। यही धर्तीका सन्तान बिपिन जोशी, एक साधारण किसान परिवारका असाधारण सपना बोकेका युवा। उनी केवल कृषि पढ्न गएका थिए, तर उनको मनमा एउटा ठुलो सपना थियो—नेपालमा हरित क्रान्ति ल्याउने, खेतबारीमा नयाँ प्रविधि भित्र्याउने, नेपाली किसानलाई आत्मनिर्भर बनाउने। तर त्यो सुनौलो सपनालाई युद्धको निर्दयी छालले टुक्र्याइदियो। सन् २०२३ अक्टोबर, मध्यपूर्वको आकाश रक्ताम्य भयो। हमास–इजरायल युद्धले निर्दोषहरूलाई रगत र धुलोमा लतपताइ दियो। बिपिन पनि त्यही युद्धको भुमरीमा परे ।मृत्यु नजिकै थियो, साथीहरू ढले, निर्दोष विद्यार्थीहरू रगतले भिजे। तर बिपिनले हिम्मत हारेनन। विद्रोहीले फ्याँकेको बम उनले साहसपूर्वक समातेर फर्काए—त्यो क्षणमा उनी मात्र नभई मृत्यु स्वयंलाई चुनौती दिइरहेका…
Read More
एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

धनगढी स्थित एक्सिस विद्याश्रणले लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षकहरुको आन्तरिक श्रेणी बढुवा गरेको छ । बिद्यालयमा बिगत १० बर्षभन्दा लामो समय देखी अनवरत रुपमा शैक्षिक योगदान दिँदै आउनुभएका शिक्षकहरुलाई आर्थीक बर्ष २०८२र८३ देखी लागु हुने गरि बढुवा गरिएको हो । उंहाहरु कार्यरत श्रेणीबाट तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा हुनुभएको हो । निजी विद्यालयले गरेको यस किसिमको कार्य प्रशंसनिय रहेको जनमानसको बुझाइ रहेको छ । बढुवा हुने शिक्षकहरुले आफूहरुले दशकभन्दा लामो समयदेखि विद्यालयलाई दिएको अमूल्य योगदान, समर्पण र निरन्तर मेहनतको कदर भएको जनाएका छन् । विद्यालयले गरेको कदरले आगामी दिनमा अझ ऊर्जा, उत्साह र प्रेरणासाथ शिक्षण यात्रामा लाग्न थप प्रेरणा मिलेको…
Read More