Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा एक वर्षमा १० अर्बको भौतिक पूर्वाधार निर्माण

Advertisement

 

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताए।

गत आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक र एक वर्षमा छ वटा सडक पुल निर्माण भएको उनले बताए। सरकारी तथा सामुदायिक भवन छ वटा निर्माण गरिएका छन्। जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी आवास र तीन वटा एकीकृत आवास निर्माण भएको इन्जिनियर शर्माले बताए। २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, कभर्ड हल दुई वटा, पार्क तीन वटा, खेल मैदान १० वटा निर्माण गरेको जनाइएको छ।

प्रदेश सरकारको लगानीमा २६ किलोमिटर तटबन्ध निर्माण भई ३७ हेक्टर जमिन नदी कटान हुनबाट उकास गरिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ। सिँचाइ सुविधा विस्तारका लागि २४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ वटा डिप ट्युबेल, १६६ वटा सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १४ अर्ब ४१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन नसकेको मन्त्रालयले जानकारी दिएको छ। दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...