Skip to main content

धनगढी न्यूज

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

Advertisement

बैतडीः जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ।

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्। जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु–याउने गरेको छ। दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए। मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ।

उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ। खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन।” भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए। बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ।

ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताए। हरेक वर्ष मकैबालीमा जङ्गली जनावरले क्षति पु¥याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए। उनले भने, ‘मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ। रातभरि जाग्राम बस्दासमेत मकैबाली जोगाउन धौ–धौ परेको छ। हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ।’ बैतडीमा १२ हजार एक सय हेक्टरमा मकैखेती गरिन्छ। जङ्गली जनावरकै कारण मकैखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। कतिपयले खेत  बाँझै राखेका छन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...