Skip to main content

धनगढी न्यूज

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

Advertisement

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्।

मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।

बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।

को-को भए मन्त्री?

नेकपा (एमाले) बाट मन्त्री हुनेहरू;

१. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री

२. जयराम थापा, श्रम तथा रोजगार

३. भरतबहादुर केसी वन तथा वातावरण

४. मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री

५. विन्दु श्रेष्ठ, उद्योग मन्त्री

६. किरण थापा मगर, स्वास्थ्य मन्त्री

नेपाली कांग्रेसबाट;

१. कृष्णकुमार तामाङ, खानेपानी मन्त्री

२. शिवराज अधिकारी, मन्त्रालय तोक्न बाँकी।

1754394422-Bagtd-1754395429.jpg
तस्बिर: न्युज एजेन्सी नेपाल।

कांग्रेसले पाएका मन्त्रालयहरूमा थप मन्त्री नियुक्त गर्न बाँकी छ। मुख्यमन्त्री बानियाँले सभापति शेरबहादुर देउवासँग परामर्श गरेपछि थप मन्त्री नियुक्त गर्न सिफारिस गर्ने सम्भावना छ।

यसअघि बागमतीमा कांग्रेस नेतृत्वमै सरकार थियो। बहादुर सिं लामा तामाङ मुख्यमन्त्री थिए। उनले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि मुख्यमन्त्री पदबाट पनि राजीनामा दिएका थिए भने कांग्रेसका नयाँ संसदीय दल नेता बानियाँ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीले ५ मन्त्रालय आफैसँग राखेका छन्।सेतो पाटी बाट साभार

bagmati-mantri-1754395086.jpg

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...