Skip to main content

धनगढी न्यूज

गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने असोज १ देखि लागू हुने

Advertisement

आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

काठमाण्डौ।आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।यसैगरी छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्स छपाइका लागि भदौ मसान्तभित्र छपाइ शुरू गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले १० वर्ष अवधिको चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, राइड शेयरिङबारे एकरुपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ ।यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन समेत दिएको छ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने गरी सबै प्रदेशले अनलाइन पेमेण्टको व्यवस्था मिलाउन निर्देशन दिएका  छन। धनगढी खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...