06
Aug
कञ्चनपुरः साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन्। धानका गाँजा हरिया भएका छन्। खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन। “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरीले भने,“भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनि बताउँछन्। वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ। यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ। साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै…






