Skip to main content

धनगढी न्यूज

छाक कटाएर जलविद्युतको मर्मतमा जुटे बैतडीका मठैराजवासी

Advertisement

घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् ।

बैतडी । घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् ।

छेउमै चमेलिया जलविद्युत् आयोजना भए पनि गाउँमा राष्ट्रिय प्रसारणको बिजुली नपुगेपछि डिलासैनी गाउँपालिका–४, मठैराजका करिब तीन सय घरपरिवार गाउँकै लघुजलविद्युत्को जीर्ण पावरहाउस मर्मत गर्न जुटेका हुन् । २०५४ मा निर्माण भएको २१ किलोवाटको लघुजलविद्युत्को पावरहाउसको भवन जीर्ण भएर भत्केपछि विद्युत् सेवा एक वर्षदेखि बन्द थियो । पावरहाउस मर्मत गर्न गाउँले एकजुट भएको स्थानीय पदमबहादुर विष्टले बताए ।

मर्मतका लागि स्थानीय सरकारसँग माग गरे पनि चासो नदिएको गुनासो गर्दै उनले छेउमै चमेलिया जलविद्युत् भए पनि गाउँमा बत्ती पुगेको छैन त्यही भएर आफूहरू लघुजलविद्युत्लाई मर्मत गर्न लागेको बताए । एक महिनाभित्रै बिजुली बाल्ने लक्ष्य उनीहरूले लिएका छन् ।

चन्दाबाट अहिलेसम्म डेढ लाख रुपियाँ सङ्कलन भइसकेको उनले बताए । पावरहाउस मर्मत गर्न अझै थप डेढ लाख जति रकम अपुग भएको उनले जानकारी दिए । गाउँमा उज्यालो नहुँदा विद्यार्थीलाई पठनपाठनमा असर परेको छ । त्यसले गर्दा गाउँ आफैँ मर्मतका लागि जुटेको स्थानीय लोकेन्द्र रानाले बताए ।

उनले भने, “स्थानीय सरकारले कुनै सुनुवाइ नगरेपछि राज्यको मुख कहिलेसम्म ताक्ने भनेर मठैराजवासीले चन्दा सङ्कलन गरेर जनश्रमदानमा समेत जुटेका छन् ।” तत्कालीन जिल्ला विकासमातहत रहेको ऊर्जा शाखाबाट निर्माण गरिएका डिलासैनीको मठैराज जस्तै जिल्लाका १० वटा स्थानीय तहमा रहेका ग्रामीण लघुजलविद्युत् बन्द अवस्था छन् । कतै राष्ट्रिय प्रसारण लाइन पुगेपछि लघुजलविद्युत् अलपत्र छाडिएका छन् भने कतै बजेट नहुँदा अलपत्र परेका छन् ।

जिल्लाको सिगास गाउँपलिकामा मात्रै ऊर्जा शाखाले सात वटा लघुजलविद्युत् निर्माण गरेको थियो । तीमध्ये अधिकांश बन्द छन् । सिगास गाउँपालिका–२, इरानागाड लघुजलविद्युत्का तार, पोल र पावरहाउसका उपकरणसमेत गायब भएका छन् । त्यसै गरी बैतडीको पाटन नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिकामा रहेका लघुजलविद्युत् पनि बन्द अवस्थामा रहेका छन् ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...