Skip to main content

धनगढी न्यूज

मिर्गौला प्रकरणमा ट्वीस्ट : पीडितलाई गरिएको थियो ६ लाख अफर !

Advertisement

संगठित अपराधमा प्रहरीले थाल्यो अनुसन्धान

मानवबेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, हालसम्म ती व्यक्तिले पैसा लिएको नदेखिएकाले उनलाई पीडितकै रुपमा  हेरिएको छ ।२२ साउन, काठमाडौं । सिन्धुली घर भएका एकजना युवकको मिर्गौला निकालिएको प्रकरणमा ट्वीस्ट आएको छ ।प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले २६ बबरमहल नाम दिएका उनलाई तस्कर समूहले मिर्गौला दिए ६ लाख रुपैयाँ दिने प्रलोभन दिएको खुलेको हो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेपछि उनी पोखराबाट नभई काठमाडौंको कोटेश्वर हुँदै सुनौली नाकाबाट भारतमा काम गर्न गएको खुलेको छ ।

‘२०८२ साल जेठमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी पुर्‍याएर त्यहाँबाट बसमा भैरहवा हुँदै सुनौनी बोर्डर पारि लगेको पाइएको छ,’ ब्यूरोका एसपी नरेन्द्र चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनलाई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएकोमा भोलिपल्ट क्लिनिकमा लगी मेडिकल चेकअप गराएको देखिन्छ ।’

अपार्टमेन्टमा हाल पक्राउ परेका आरोपी समिर नेपाली र राकेश नेपालीले करिब १ महिना राखेपछि मिर्गौला बिक्री गर्ने अफर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘…तिम्रो मृगौला निकाले बापत तिमीलाई नेपाली ६ लाख रुपैयाँ रकम आउँछ, निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएको देखिन्छ’, प्रहरीले भनेको छ, ‘जाहेरवालाले सो कुरा इन्कार गर्दा हालसम्म लागेको सम्पूर्ण खर्च व्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारिएको थियो ।’

पहिले भन्दा अलि फरक किसिमको बयान आएको छ, तर हालसम्म पैसा लिएको देखिन्न – कृष्ण पंगेनी, प्रमुख, मानवबेचबिखन अनुसन्धान ब्यूरो

त्यसपछि चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा ९ साउन २०८२ मा उनको बाँया मृगौला झिकिएको पाइएको छ । यसअघि पीडितले आफूलाई होटलमा जागिर लगाउने भन्दै भारत लगिएको र घर फर्किने भन्न थालेपछि समस्या सुरु भएको बताएका थिए ।

‘घर फर्किने भनेर अडान राख्न थालेपछि म एक्कासी १० दिनपछि मैले आफूलाई काठमाडौंको कलंकीमा पाएँ,’ उनले भनेका थिए, ‘त्यसपछि कम्मर छेऊ दुख्दा के भयो भन्ने लाग्यो, त्यसपछि आफन्त कहाँ पुगे र सापटी लिएर सिन्धुलीस्थित घर गएँ ।’

घरमा असाध्यै दुखेपछि उनीहरु स्थानीय समिट माउन्ट अस्पताल पुगेका थिए । त्यसपछि डा. नवीन बयरले उनको भिडियो एक्सरे गरेका थिए । ‘बिरामी आउने वित्तिकै मलाई शंका लागेको थियो, जसरी टाँका लगाइएको थियो, त्यहाँ किड्नी भएको भए त्यसरी काट्नुपर्ने कारण नै थिएन’, उनले अनलाइनखबरसँग भनेका छन्, ‘त्यसपछि सिधै एक्स-रे गर्न पठाएको थिएँ ।’

पछि एउटा मिर्गौला नभएको थाहा पाएपछि उनले प्रहरीलाई समेत खबर गरेका थिए । डा. नवीनका अनुसार, खिलबहादुरले अस्पताल आउँदा १० दिनसम्म के भयो भन्ने आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए ।

‘उहाँले पोखराबाट कता–कता हुँदै भारतको कुन ठाउँ पुगे थाहा नभएको बताउनुभयो,’ उनले अनलाइनखबरसँग भनेका छन्,, ‘अस्पताल ल्याउँदा पनि उहाँ एक किसिमले बेहोसी अवस्थामै हुनुहुन्थ्यो । त्यसैले मैले दुखाइ कम गर्ने पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिएको थिएँ ।’

मानवबेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, हालसम्म ती व्यक्तिले पैसा लिएको नदेखिएकाले उनलाई पीडितकै रुपमा  हेरिएको छ ।

‘पहिले भन्दा अलि फरक किसिमको बयान आएको छ, तर हालसम्म पैसा लिएको देखिन्न,’ उनले अनलाइनखबरसँग भने, ‘बरु यो गिरोहले अरुलाई पनि यसरी लगेको हुनसक्ने शंकामा अनुसन्धान गरिरहेका छौं ।’

त्यही पृष्ठभूमिका कारण संगठित अपराधको कसुरमा समेत छानबिन सुरु भएको उनले बताएका छन् ।अन्लाईन खबर बाट साभार

हेर्नुस् विज्ञप्त

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...