07
Aug
संगठित अपराधमा प्रहरीले थाल्यो अनुसन्धान मानवबेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, हालसम्म ती व्यक्तिले पैसा लिएको नदेखिएकाले उनलाई पीडितकै रुपमा हेरिएको छ ।२२ साउन, काठमाडौं । सिन्धुली घर भएका एकजना युवकको मिर्गौला निकालिएको प्रकरणमा ट्वीस्ट आएको छ ।प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले २६ बबरमहल नाम दिएका उनलाई तस्कर समूहले मिर्गौला दिए ६ लाख रुपैयाँ दिने प्रलोभन दिएको खुलेको हो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेपछि उनी पोखराबाट नभई काठमाडौंको कोटेश्वर हुँदै सुनौली नाकाबाट भारतमा काम गर्न गएको खुलेको छ । ‘२०८२ साल जेठमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी पुर्याएर त्यहाँबाट बसमा भैरहवा हुँदै सुनौनी बोर्डर…






