Skip to main content

धनगढी न्यूज

मिनिरल वाटरको बोतलको विवादमा बौद्धमा युवकमाथि खुकुरी प्रहार

Advertisement

काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् । उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।

पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान पछाडिको भागमा चोट लागेको एसपी चन्दले जानकारी दिए । खुकुरी प्रहारमा संलग्नहरू लागुऔषध प्रयोगकर्ता हुन् । घटनास्थल नजिकबाट प्रहरीले दुई वटा खुकुरी बरामद गरेको छ ।

अघिल्लाे दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी हानेको आरोपीहरूले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘अघिल्लो दिन मिनिरल वाटरको विषयमा विवाद भएको रहेछ ।’ रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...