Skip to main content

धनगढी न्यूज

गोहीको आक्रमणमा परेका किशोरलाई खोज्न हात्ती परिचालन

Advertisement

बर्दियामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक युवक अझै फेला परेका छैनन्।

मंगलबार बेलुकी सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा खोलामा मधुवन नगरपालिका –१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगर गोहीले आक्रमण गरी झम्टेर लगेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको हात्तीसार नजिक खौराहा खोला पौडी खेलेर पार गर्न लाग्दा थारुलाई आक्रमण गरेको थिए।

खोलामा गोही देखेपछि किनारमा भएका दुई साथीले रूपमिलनलाई त्यहाँबाट भाग्न भनेका थिए। उनी भाग्न नभ्याउँदै गोहीले थारुको टाउकोमा झम्टिएर उनलाई पानी भित्र लगेको प्रत्यक्ष देखेका भनेर प्रहरीलाई बताएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गोहीले झम्टिएर लगेका थारुको खोजी निकुञ्जको दुई वटा हात्ती र मोटरबोटको परिचालन गरिएको थियो।

पानीमा हात्ती मात्रै सहजै प्रवेश गर्न सक्ने भएर खोजी कार्यमा निरन्तर हात्तीको प्रयोग हुँदै आएको वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका पौडेलले बताए ।

प्लस टू उत्तिर्ण थारुको खोजीमा त्यसयता निरन्तर हुँदै आएको भए पनि बिहीबार बिहान दश बजेसम्म उनी फेला पर्न सकेका छैनन् ।

सूचना अधिकारी पौडेलका अनुसार मगर गोहीको आक्रमणपछि बेपत्ता थारुको खोजीका लागि निकुञ्जका दुई हात्ती, मोटरबोटको प्रयोग गरि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिदै आएका छन् ।

‘गोहीले आक्रमण गरी पानी भित्र लगेका थारुको केही अंग वा भाग पानीमा तैरिएको अवस्थामा फेला पार्न सकिन्छ कि भनेर खोजी कार्य हुँदै आए पनि हालसम्म फेला पार्न सकिएको छैन,’ पौडेलले भने ‘ बिहीबार बिहानदेखि फेरि सबै मिलेर खोजी कार्य जारी राखिएको छ ।’

केही दिन यताको निरन्तरको बर्षाले खौराहा खोलामा पानीको बहाव बढेको हुँदा त्यसले पनि खोजी कार्यमा केही कठिनाइ उत्पन्न भएको छ।

सूचना अधिकारी पौडेलका अनुसार नेपालमा पाइने दुई प्रकारका गोहीमध्ये स्वभावका दृष्टिकोणले मगर गोही अति नै मूर्ख स्वभावको हुन्छ। यो गोहीले पशुपंक्षी र मानिस जसलाई भेटे पनि तत्कालै आक्रमण गर्छ।

त्यस्तै आनीबानीका दृष्टिकोणले घडियाल गोहीले जस्ले माछा बाहेक अरु कुनैपनि जिवजन्तु मारेर नखाने सूचना अधिकारी पौडेल बताउँछन्। सेतो पाटी बाट साभार

gohi-(4)-ink-1754545231.jpeg

gohi-(3)-ink-1754545231.jpeg

 

 

gohi-(2)-ink-1754545230.jpeg

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...