Skip to main content

धनगढी न्यूज

दुईवटा अटो एकापसमा ठोक्किदाँ कैलालीमा एक महिलाको मृत्यु

Advertisement

कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।दुईवटा अटो एकापसमा ठोक्किदाँ कैलालीमा एक महिलाको मृत्युधनगढी।कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा अत्तरिया देखि कञ्चनपुर तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का खुशिराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ३६६२ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको चालक कृष्णपुर नगरपालिका-७ बस्ने नन्दराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश १-००१ ह ५८३४ नम्बरको अटो एकापसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।


उत्त दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ह ५८३४ नम्बरको अटोमा सवार कृष्णपुर नगरपालिका-७ बस्ने ६५बर्षीया मनसिंहा राना घाइते भएकी थिइन्।घाइते मनसिंहाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।

दुबै अटोमा सवार ८ जना मध्ये घाइते ६ जना उपचार पछि डिस्चार्ज भइसकेका र एक जनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।धनगढी खबर बाट साभार

twitter sharing button
sharethis sharing button

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...