Skip to main content

धनगढी न्यूज

Day: August 8, 2025

विद्यालय शिक्षा विधेयक: अझै टुंगिएन दुई विषय

विद्यालय शिक्षा विधेयक: अझै टुंगिएन दुई विषय

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय बाहेकमा सहमति जुटाएको छ। निजी विद्यालयहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दा आवास सुविधा दिनु पर्ने कि नपर्ने र प्रारम्भिक बाल विकास शिक्षकहरूको वृत्तिविकासको बाटो के हुने भन्ने विषय टुंगिन बाँकी छ। सांसदहरूले यस विषयमा सरकारलाई धारणासहित समितिमा आउन आग्रह गरेका छन्। पहिले कुरा गरौं, पूर्ण छात्रवृत्तिको विषयबाट। नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले विधेयकमा पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्था राखेको थियो। जसमा निजी लगानीका विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्तिमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामाग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने…
Read More
दुईवटा अटो एकापसमा ठोक्किदाँ कैलालीमा एक महिलाको मृत्यु

दुईवटा अटो एकापसमा ठोक्किदाँ कैलालीमा एक महिलाको मृत्यु

कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।धनगढी।कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा अत्तरिया देखि कञ्चनपुर तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का खुशिराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ३६६२ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको चालक कृष्णपुर नगरपालिका-७ बस्ने नन्दराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश १-००१ ह ५८३४ नम्बरको अटो एकापसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्त दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ह ५८३४ नम्बरको अटोमा सवार कृष्णपुर नगरपालिका-७ बस्ने ६५बर्षीया मनसिंहा राना घाइते भएकी थिइन्।घाइते मनसिंहाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको…
Read More
के हो साइलेन्ट हार्ट अट्याक ? कसरी चिन्ने लक्षण ?

के हो साइलेन्ट हार्ट अट्याक ? कसरी चिन्ने लक्षण ?

काठमाडौँ । हिजोआज हृदयाघातका घटनाहरू बढ्दै गइरहेका छन् । वृद्ध वृद्धामा मात्रै होइन, युवाहरूमा पनि हृदयाघातका घटनाहरू द्रुत गतिमा बढिरहेका छन् । खराब जीवनशैली र गलत खानपानले मानिसहरूको मुटु कमजोर बनाइरहेको छ । पहिला यो समस्या वृद्ध वृद्धामा देखिन्थ्यो, अहिले युवाहरू पनि द्रुत गतिमा यसको सिकार भइरहेका छन् । यो यस्तो समस्या बनेको छ कि सबैले यसको बारेमा कुरा गर्छन् ।  तर कसैले  पनि साइलेन्ट हार्ट अट्याकको बारेमा कुरा गरिरहेको देखिँदैन । साइलेन्ट हार्ट अट्याक, जसलाई ‘मायोकार्डियल इन्फाक्र्शन’ पनि भनिन्छ । यो यस्तो हृदयाघात हो जसको बारेमा व्यक्तिलाई थाहा पनि हुँदैन । त्यसैले यसलाई बढी खतरनाक मानिन्छ । आजको यस…
Read More
८१ करोडमा बनेको आयल निगमको कर्पोरेट भवन (तस्बिरहरू)

८१ करोडमा बनेको आयल निगमको कर्पोरेट भवन (तस्बिरहरू)

बबरमहलस्थित सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयल निगमको अत्याधुनिक र सुविधासम्पन्न कर्पोरेट भवन निर्माण भएको छ। २०७२ वैशाखमा आएको भूकम्पले कार्यालय भवन चर्किएपछि उनका अनुसार नयाँ भवनमा विभिन्न विभागहरु सरिसकेका छन्। केसी समानान्तर रेलिगेयर जेभीले भवन बनाएको हो। लिड पार्टनर भने समानान्तर निर्माण सेवा रहेको छ। भवन निर्माणको लागत भ्याट र पीएसबाहेक ८१ करोड रहेको छ।सेतो पाटी बाट साभार    
Read More
सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती

सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती

जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ। आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गरि मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया गरि सफल प्रसुती गराईएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.कमल दिप जोशीले जानकारी दिए। विज्ञापन विभिन्न समस्या, सिमित स्रोत साधन र न्युन जनशक्तिका बाबजुत सिमित वेड संख्या रहेको पुरानो जीर्ण भवनमा विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाहरुको सफल शल्यक्रिया गरिएको उनले बताए। उनले अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सबै सम्बन्धित निकाहरुको ध्यान जान जरुरी रहेको बताएका छन्।   दिनेश खबर बाट…
Read More