Skip to main content

धनगढी न्यूज

जेलभित्रै कैदीको हत्या : कैलाली कारागारमा मध्यरातमा के भएको थियो ?

Advertisement

धनगढी । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्। घटनाले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटना गएराति करिब ११ बजे भएको थियो जब कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए।

कसरी भयो घटना ?
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबिच मनमुटाव बढेर झडपको अवस्था सिर्जना भएको देखिन्छ।

‘कैदीहरूका ‘ए’ ब्लक र ‘बी’ब्लकका समूहबिच झगडा भएको भन्ने अपुष्ट जानकारी आएको छ। हामी घटनाको गहिरो अनुसन्धान गरिरहेका छौँ।’ राति भएको उक्त झडपमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेहरूको अवस्था कस्तो छ ?

झडपमा घाइते भएका ४७ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर उपचार गरिँदैछ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

कारागारको सुरक्षा र प्रशासनको भूमिका

क्षमताभन्दा बढी कैदीबन्दी रहेको कैलाली कारागारमा सुरक्षा चुनौती पहिलेदेखि नै थियो। करिब साढे ६ सयभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा यति ठूलो घटना हुनुले सुरक्षा व्यवस्थाको कमजोरीलाई प्रष्ट पारेको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले घटनालाई दुःखद भन्दै यस विषयमा गम्भीर छानबिन सुरु भइसकेको बताए। ‘यो घटना कसरी र के कारणले भयो भन्ने विषयमा हामीले अनुसन्धान टोली बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनेछ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सुरक्षा योजना बनाइनेछ।’

यो घटनाले कारागारभित्र लागूऔषधको कारोबार र समूहगत गुन्डागर्दीजस्ता विकृति मौलाएको हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको छ। बेला बेला यस्ता  घटना कारगारमा हुँदा सुरक्षा व्यवस्था सम्वन्धी गम्भीर प्रश्न उठेको छ। यो घटनाको बिस्तृत जानकारी अनुसन्धानपछि मात्रै सार्वजनिक हुने प्रशासनले जनाएको छ। रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...