Skip to main content

धनगढी न्यूज

Day: August 9, 2025

धनगढी उप–महानगरपालिकामा सात दिने विपद स्वयंसेवक तालिम सम्पन्न

धनगढी उप–महानगरपालिकामा सात दिने विपद स्वयंसेवक तालिम सम्पन्न

धनगढीः धनगढी उप–महानगरपालिकामा७–दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। विपद स्वयंसेवकको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालिततालिममा नगर प्रहरी, वारूण यन्त्रका अग्नि नियन्त्रक तथा समुदायका अगुवा स्वयंसेवकहरू सहित २४ जनाको सहभागिता रहेको छ। विज्ञापन तालिमको समापन सत्रमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुदै वडा नम्बर–३ का अध्यक्ष एवं वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राज बहादुर ऐरले विपदको बेला परिने सहायता सबैभन्दा ठूलो पुण्यको काम भएको बताए। उनले यो तालिम पाउने अवसर सबैका लागि उपलब्ध नभएको र सहभागीहरू जजसले तालिम प्राप्त गर्नुभएको छ, उनीहरूको जिम्मेवारी बढेको बताउनु हुँदैतालिमप्राप्त व्यक्तिहरू धनगढीका साथै अन्य ठाउँमा समेत परिआए परिचालन हुन र सघाउ पुराउन…
Read More
धनगढीको नैनादेवि टोलमा बच्चाको कानको मुन्द्रा लुट्न थालेपछि स्थानीय त्रसित

धनगढीको नैनादेवि टोलमा बच्चाको कानको मुन्द्रा लुट्न थालेपछि स्थानीय त्रसित

बच्चाहरुलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका १ नैनादेवि टोलका स्थानीय त्रसित भएका छन् कैलाली । बच्चाहरुलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका १ नैनादेवि टोलका स्थानीय त्रसित भएका छन् । बच्चाहरुलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्तमा लगेर कानमा लगाएको सुन लुट्ने गरेको घटना बाहिरिएको हो । लुटेराहरु घरमा नजिक आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई अम्भा, फलफूल दिने र कानमा किरा छ भनेर लगाएका सुनका मुन्द्रा लुट्ने, नयाँ शैली सार्वजनिक भएको छ । साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको…
Read More
ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग युद्धविराममा जमिनको सौदाबाजी नगर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ताको समय र स्थान तय भएको शुक्रबार घोषणा गर्दै युद्धविरामका लागि युक्रेनले आफ्नो केही जमिन त्याग्नुपर्ने हुनसक्ने बताएका थिए। त्यसको जबाफमा जेलेन्स्कीले शनिबार भिडिओ सन्देश जारी गर्दै युक्रेनले भूभागसम्बन्धी विषयमा संविधानको उल्लंघन नगर्ने बताएका हुन्। 'हाम्रो भूमी कब्जा गर्नेहरूलाई भूमी नै उपहार दिन युक्रेनीहरू कहिल्यै तयार हुने छैन,' जेलेन्स्कीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनले युक्रेन युद्ध अन्त्य गर्ने विषयको छलफल युक्रेनको प्रत्यक्ष संलग्नताबिना पनि असम्भव रहेको बताए। 'युद्ध अझै जारी छ। हाम्रो जमिनविरूद्ध, हाम्रा नागरिकहरूविरूद्ध भएको युद्ध अन्त्य हामीबिना सम्भव छैन, युक्रेनबिना…
Read More
गठबन्धनमा खटपटका बिच कर्णालीमा दुई दलीय संयन्त्रको बैठक

गठबन्धनमा खटपटका बिच कर्णालीमा दुई दलीय संयन्त्रको बैठक

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच असमझदारी बढिरहेका बेला शनिवार दुई दलीय गठबन्धन संयन्त्रको बैठक बसेको छ । एकअर्काको भूमिकामाथि प्रश्न उठाउँदै चिसिएको सम्बन्धलाई न्यानो बनाउने उद्देश्यका साथ बसेको संयन्त्र बैठकले ‘मिलेर अघि बढ्ने’ सहमति गरेको नेताहरूले दाबी गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह र कांग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेस प्रदेश सभापति ललितजंग शाही सहभागी थिए । बैठकले तत्काल समस्या समाधान गर्दै अघि बढ्ने र विभिन्न निकायमा रोकिएका नियुक्तिहरू तत्काल गर्ने सहमति गरेको कांग्रेस…
Read More
प्रदेश सरकारद्वारा तीन सयभन्दा बढी हेक्टरमा सिँचाइ विस्तार

प्रदेश सरकारद्वारा तीन सयभन्दा बढी हेक्टरमा सिँचाइ विस्तार

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशमा ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशमा ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ५४७ साना सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गरेको हो। यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा १०० रोपनी र दार्चुलामा १२.५ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गरिएको छ। डोटीमा सुन्तला, बाजुरामा ४.१६ हेक्टर क्षेत्रफलमा ओखरखेती विस्तार भएको जनाइएको छ। डडेल्धुरामा २५० वर्ग किलोमिटर र कञ्चनपुरमा ४० हेक्टर जमिनमा तरकारी खेती विस्तार गरेको प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको एक वर्षको कार्य प्रगति विवरणमा उल्लेख छ।…
Read More
जेलभित्रै कैदीको हत्या : कैलाली कारागारमा मध्यरातमा के भएको थियो ?

जेलभित्रै कैदीको हत्या : कैलाली कारागारमा मध्यरातमा के भएको थियो ?

धनगढी । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्। घटनाले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटना गएराति करिब ११ बजे भएको थियो जब कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए। कसरी भयो घटना ? जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबिच मनमुटाव बढेर झडपको अवस्था सिर्जना भएको देखिन्छ। 'कैदीहरूका 'ए' ब्लक र 'बी'ब्लकका समूहबिच झगडा भएको भन्ने अपुष्ट जानकारी आएको छ। हामी घटनाको…
Read More
पार्टी खोल्ने अनुमान, उज्यालो नेपाल अभियान र कुलमान

पार्टी खोल्ने अनुमान, उज्यालो नेपाल अभियान र कुलमान

आजकाल बजारमा दुई कुरा भाइरल छन्– दुर्गेश थापाका गीत र कुलमान घिसिङ। सेवा अवधि पूरा हुन चार महिना मात्र बाँकी रहँदा नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त भएपछि कुलमान 'उज्यालो नेपाल' नामको अभियान लिएर देश–विदेश घुम्दै छन्। उनी आफ्नो भ्रमणका क्रममा नेपाली दाजुभाइ–दिदीबहिनीसँग भेटघाट र अन्तर्क्रिया गर्दै हिँड्दा दुर्गेश थापाले 'कता हिँडेको बिजुली बालेर...' बोलको गीत कुलमानकै लागि गाइदिएको जस्तो अनुभूति भएको छ। बहराइनमा औपचारिक रूपमा 'उज्यालो नेपाल' घोषण गरेर कुलमान अमेरिकाको बोस्टन आउँदा मैले उनीसँग दुई दिन बिताउने मौका पाएँ। जुलाइ २९ को साँझ उनीसँग म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा हार्वर्ड विश्वविद्यालय र एमआइटीमा अध्ययन–अनुसन्धानरत अन्वेषक, वैज्ञानिक, नीति अध्येता र विद्यार्थीहरूको…
Read More
बडीमालिका र बूढीनन्दामा पूजा

बडीमालिका र बूढीनन्दामा पूजा

बाजुराः धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ आज पूजा लागेको छ। आस्थाको धरोहरका रुपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ। जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरुमा पूजा लाग्छ । बडीमालिकामा लाग्नेमा हजाराँै दर्शनार्थीको भीड लागेको छ। धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरुको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए। विज्ञापन उनका अनुसार शक्तिका रुपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो…
Read More