Skip to main content

धनगढी न्यूज

बडीमालिका र बूढीनन्दामा पूजा

Advertisement

बाजुराः धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ आज पूजा लागेको छ। आस्थाको धरोहरका रुपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ।

जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरुमा पूजा लाग्छ । बडीमालिकामा लाग्नेमा हजाराँै दर्शनार्थीको भीड लागेको छ। धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरुको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए।

उनका अनुसार शक्तिका रुपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए। बडीमालिका र बूढीनन्दा दिदीबहिनीका रुपमा रहेकाले बडीमालिका र बूढीनन्दाको एकसाथ पूजा लाग्ने गरेको उनि बताउछन्।

बडीमालिकामा रहेका २२ पाटन, खेतीबेती, त्रिवेणीधाम  लगायतका क्षेत्रको थुपै्र अन्य दृश्यवलोकन गर्न पाउने गरेको पुजारी पाध्यायको भनाइ छ। यस्तै बूढीनन्दामा रहेका राक्षस ताल, झरना, सुन्दर फाँट रहेका छन्।

बडीमालिकामा सरकारी पूजा 

आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा बिहानबाट नै दर्शनार्थीसहित चार जिल्लाको सरकारी पूजा लागेको छ। बडीमालिकाका लागि आएको सरकारी पूजा डोटी, जुम्ला, कालीकोट र बाजुराको सरकारी पूजा एकसाथ लागेको हो।

बडीमालिकाका लागि डोटी, बाजुरा, जुम्ला र कालीकोटबाट हरेक वर्ष सरकारी पूजाका लागि टोली आउने गरेको छ।

सेनाको स्वास्थ्य शिविर 

बडीमालिकामा गएका दर्शनार्थीका लागि ईश्वरी बक्स गुल्म बाजुराले तीन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञचालन गरेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका समुन्द्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ। भक्तजनलाई अक्सिजन अभावका कारण लेक लाग्छ।

नेपाली सेनाले त्रिवेणीधाम, बडीमालिका परिसर र बीच बाटोमा गरी तीन ठाउँमा शिविर सञ्चालन गरेको छ। बिहीबारसम्म सेनाले ६०० जनाभन्दा बढीको उपचार गरेकहो गुल्मले जनाएको छ। आज पूजा सकिएपछि बडीमालिकाबाट तीर्थयात्री त्रिवेणी नगरपालिकास्थित नाटेश्वरीमा जनैपूर्णिमा मेलामा दर्शन गरी घर फर्किने गर्छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...