Skip to main content

धनगढी न्यूज

ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

Advertisement

युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग युद्धविराममा जमिनको सौदाबाजी नगर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ताको समय र स्थान तय भएको शुक्रबार घोषणा गर्दै युद्धविरामका लागि युक्रेनले आफ्नो केही जमिन त्याग्नुपर्ने हुनसक्ने बताएका थिए।

त्यसको जबाफमा जेलेन्स्कीले शनिबार भिडिओ सन्देश जारी गर्दै युक्रेनले भूभागसम्बन्धी विषयमा संविधानको उल्लंघन नगर्ने बताएका हुन्।

‘हाम्रो भूमी कब्जा गर्नेहरूलाई भूमी नै उपहार दिन युक्रेनीहरू कहिल्यै तयार हुने छैन,’ जेलेन्स्कीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

उनले युक्रेन युद्ध अन्त्य गर्ने विषयको छलफल युक्रेनको प्रत्यक्ष संलग्नताबिना पनि असम्भव रहेको बताए।

‘युद्ध अझै जारी छ। हाम्रो जमिनविरूद्ध, हाम्रा नागरिकहरूविरूद्ध भएको युद्ध अन्त्य हामीबिना सम्भव छैन, युक्रेनबिना सम्भव छैन,’ उनले भने,’ ‘युक्रेन वास्तविक शान्तिका लागि तयार छ। तर, हाम्रो विरुद्धका वा हामीबिना भएका कुनै पनि निर्णय शान्तिविरुद्धका निर्णय हुन्।’

शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अगस्ट १५ मा अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने जानकारी दिएका थिए।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि विज्ञप्ती जारी गरेर भेटवार्ता तय भएको पुष्टी गरिसकेको छ।

दुई देशका अधिकारीहरू युद्धविरामका लागि सम्भावित एजेन्डाहरू बनाउन लागिसकेको भनेर रोयटर्सले जनाएको छ।

ट्रम्पले दुवै देशको भलाइका लागि जमिनको अदलाबदली हुनसक्ने भनेर शुक्रबार नै भनेका थिए। ‘दुवै पक्षको हित हुनेगरी केही भूभागको अदला–बदली हुनेछ,’ ट्रम्पले भनेका छन्।

पुटिनले यसअघि नै लुहान्स्क, डोनेट्स्क, जेपोरिज्झिया र खेरसोनसहित क्राइमिया दाबी गरेका थिए।  ती चार प्रदेशको सम्पूर्ण भूभागमाथि भने उनका सैनिकहरूको पूर्ण नियन्त्रण छैन।

१५ अगस्टमा हुने भेटवार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पनि सहभागी हुन्छन् वा हुन्नन् भन्ने तय भएको छैन।

ट्रम्पले यसअघि त्रिपक्षीय भेटवार्ता हुने दाबी गरेका थिए।

ट्रम्पले हालै रुससँग सम्बन्ध सुधार्ने प्रयास गर्दै युद्ध अन्त्यका लागि पहल गर्दै आएका छन्। तर युद्धविरामका लागि पुटिन तयार नभएपछि उनले रिसाउँदै शुक्रबारदेखि नयाँ १०० प्रतिशतसम्म भन्सार दर बढाउने र थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

ट्रम्पले दिएको अल्टिमेटम सकिएपछि दुई राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता हुने भनेर ट्रम्प आफैले खुलाएका थिए।

 पुटिनले गरे सी र मोदीसहित पाँच देशका राष्ट्रप्रमुखसँग युक्रेन युद्धबारे छलफल

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन र भारतसहित पाँच देशका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्धबारे छलफल गरेका छन्।

शुक्रबार पुटिनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले युक्रेन युद्धबारे अमेरिकासँगको वार्ताको तयारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफसँग भएको कुराकानीबारे  छलफल गरेका थिए।

पुटिनले गत बुधबार मस्कोमा विटकोफसँग युक्रेन युद्धबारे तीन घन्टा छलफल गरेका थिए। त्यसपछि अमेरिकासँग भएको कुराकानीबारे पुटिनले पाँचै देशका राष्ट्रप्रमुखहरूसँग टेलिफोन संवादमा छलफल गरेका हुन्।

टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी चिनफिङले रूस र अमेरिकाबीच निरन्तर छलफल भएको विषयलाई सकारात्मक भनेका छन्।

‘रुस र अमेरिकाबीच निरन्तर सम्पर्क कायम रहनु र सम्बन्ध सुधार हुनु युक्रेन संकटको राजनीतिक समाधानका लागि सकारात्मक कुरा हो,’ सीले पुटिनसँग भनेको चीनको सरकारी समाचार संस्था सिसीटिभीलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।

सीसँग पुटिनको अरू के-के कुराकानी भयो भनेर खुलाइएको छैन। पुटिन  आगामी सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वार्षिक समारोहमा सहभागी हुन चीन जाने कार्यक्रम छ।

भारत र पूर्व सोभियत मुलुकका तीनसेतो पाटी बाट साभार राष्ट्रप्रमुखहरूसँगको कुराकानीको विस्तृत पनि सार्वजनिक भएको छैन।सेतो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...