Skip to main content

धनगढी न्यूज

बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु

Advertisement

बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ ।

बैतडी।बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका-४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको झाडापखालाबाट मृत्यु भएको शिक्षक समेत रहेका स्थानीय भरत नेगीले बताए ।

तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा घरमै निधन भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ।

झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ।उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताए।

महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ ।

मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको निधन भएपछि घर फर्किन लागेका शिक्षक नेगीले बताए ।

सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताए।

पखालाबाट एकजनाको मृत्यु भएको र दुईजनामा पखाला देखिएपछि हाडाकोट स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएको उनले बताए।जोखल्ली गाउँ स्वास्थ्यचौकीबाट टाढा रहेको र आफूले अहिले उक्त गाउँमा गइरहेको हाडाकोट स्वास्थ्यचौकीका प्रमुख विरेन्द्र बोहराले बताए।गाउँमा पुगेपछि मात्रै घटनाका बिषयमा एकीन हुने उनले बताए । धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...