Skip to main content

धनगढी न्यूज

Day: August 11, 2025

अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने

अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने

अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने सोमबार घोषणा गरेका छन्। उनले प्यालेस्टाइनलाई मान्यता दिनु मध्य पूर्वमा हिंसाको चक्र तोड्न र गजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न मानवताको सबभन्दा ठूलो आशा भएको बताएका छन्। 'अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिनेछ। यो निर्णय प्यालेस्टिनी प्रशासनबाट प्राप्त भएका प्रतिबद्धताहरूमा आधारित छ। हामी यस अधिकारलाई वास्तविकतामा परिणत गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नेछौं,' अल्बनिजीले भने। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने क्यानडा र युरोपेली राष्ट्रहरूको घोषणालाई शर्मनाक भनेका थिए। गजाको…
Read More
बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई निर्देशन

बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई निर्देशन

पूर्वसहमति पालनामा प्रतिबद्धता खोज्दै पूर्वमुख्यमन्त्री लामा मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलको विवाद समाधान हुन सकेको छैन । संसदीय दलका पूर्वनेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले पूर्वसहमति पालनाको प्रतिबद्धता खोजेका छन् । लामाले मुख्यमन्त्री पदबाट सशर्त राजीनामा दिएका थिए । आफूले राजीनामा दिँदा राखेको सर्त कार्यान्वयन हुनुपर्ने अडानका साथ उनी पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिन काठमाडौँमै बसिरहेका छन् । लामासहित उनी पक्षका ९ जना सांसदले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ । लामा पक्षका सांसद गोविन्द लम्सालका अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिनु अघि लामाले राखेको सर्त कार्यान्वयन…
Read More
बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु

बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु

बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । बैतडी।बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका-४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको झाडापखालाबाट मृत्यु भएको शिक्षक समेत रहेका स्थानीय भरत नेगीले बताए । तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा घरमै निधन भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ।उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताए। महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ । मृतकका बुवा…
Read More
इसराइलले गर्‍यो गजामा अल जजिराका चारजना पत्रकारको हत्या

इसराइलले गर्‍यो गजामा अल जजिराका चारजना पत्रकारको हत्या

इसराइलले गजामा हवाई हमला गरी कतारी मिडिया अल जजिराका चार पत्रकारको हत्या गरेको छ। गजामा इसराइली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार अनस अल शरीफ आइतबार इसराइली हमलामा मारिएका हुन्। अन्तर्राष्ट्रिय सामाचार संस्था रोयटर्सका अनुसार उनका तीन सहकर्मीहरू; मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल र एक जना सहयोगी पनि मारिएका छन्। २८ वर्षीय अल शरीफ र उनका साथीहरू आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकै टेन्टमा थिए। लगत्तै सोही टेन्टमा भएको हवाई हमलामा उनीहरू मारिएका हुन्। आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ। शाइफा अस्पतालका एक अधिकारीका अनुसार थप दुई व्यक्तिको…
Read More
डोटीमा सात वटा आधारभूत अस्पताल पाँच वर्षदेखि अलपत्र

डोटीमा सात वटा आधारभूत अस्पताल पाँच वर्षदेखि अलपत्र

डोटी : डोटीका सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन्। स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो। सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो। विज्ञापन डोटी जिल्लाका कुनै पनि स्थानीय तहमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। डोटीको पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा भवन निर्माणसमेत पूरा हुन सकेको छैन। भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन। डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माण भइरहेको १५ शय्याको…
Read More