Skip to main content

धनगढी न्यूज

अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने

Advertisement

अस्ट्रेलियाले पनि सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने भएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीले आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने सोमबार घोषणा गरेका छन्।

उनले प्यालेस्टाइनलाई मान्यता दिनु मध्य पूर्वमा हिंसाको चक्र तोड्न र गजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न मानवताको सबभन्दा ठूलो आशा भएको बताएका छन्।

‘अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिनेछ। यो निर्णय प्यालेस्टिनी प्रशासनबाट प्राप्त भएका प्रतिबद्धताहरूमा आधारित छ। हामी यस अधिकारलाई वास्तविकतामा परिणत गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नेछौं,’ अल्बनिजीले भने।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने क्यानडा र युरोपेली राष्ट्रहरूको घोषणालाई शर्मनाक भनेका थिए। गजाको मानवीय संकटका कारण बढ्दो आलोचनाको सामना गरिरहेका नेतन्याहूले त्यसो भनेको केही घण्टापछि अस्ट्रेलियाले यस्तो घोषणा गरेको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।

फ्रान्स, क्यानडा र बेलायत सहितका पश्चिमा राष्ट्रले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेजस्तै अस्ट्रेलियाले पनि इसराइललाई दबाव हाल्न यस्तो निर्णय लिएको हो।

संयुक्त राष्ट्रसंघमा सदस्य रहेका १९३ देशमध्ये १४५ भन्दा बढी देशले प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन्।

हमासले २०२३ अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गरेपछि इसराइलले गजालाई ध्वस्त पारेको छ। गजामा २२ महिनाभन्दा बढीको युद्धका क्रममा दसौं हजार बालबालिका र महिलाको हत्या गरेको, प्यालेस्टिनीको नरसंहार गरेको आरोप छ। अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर इसराइली प्रधानमन्त्री नेतन्याहूले विश्वभर छवि बिगारेको भन्दै विरोध हुन थालेको छ।

इसराइलको नाकाबन्दी लगाएर गजामा खाद्यान्न आपूर्ति रोकेका कारण त्यहाँ भोकमरीको खतरा रहेको बेलामा पश्चिमा राष्ट्रहरूले समेत इसराइललाई दबाब हाल्न यस्तो घोषणा गरेको मानिन्छ।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...