Skip to main content

धनगढी न्यूज

बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई निर्देशन

Advertisement
पूर्वसहमति पालनामा प्रतिबद्धता खोज्दै पूर्वमुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलको विवाद समाधान हुन सकेको छैन । संसदीय दलका पूर्वनेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले पूर्वसहमति पालनाको प्रतिबद्धता खोजेका छन् ।

लामाले मुख्यमन्त्री पदबाट सशर्त राजीनामा दिएका थिए । आफूले राजीनामा दिँदा राखेको सर्त कार्यान्वयन हुनुपर्ने अडानका साथ उनी पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिन काठमाडौँमै बसिरहेका छन् ।

लामासहित उनी पक्षका ९ जना सांसदले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ ।

लामा पक्षका सांसद गोविन्द लम्सालका अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिनु अघि लामाले राखेको सर्त कार्यान्वयन हुनुपर्ने विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । आफ्ना माग सम्बोधन नभए सांसद पदबाट सामूहिक राजीनामा दिने कुरा सभापतिलाई जानकारी गराएको लम्सालले बताए ।

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसअघि नै आफ्ना माग सम्बोधन हुनुपर्ने पूर्वमुख्यमन्त्री लामाको भनाइ छ ।

लामाले आफ्ना पक्षका तीन जनलाई मन्त्री बनाइनुपर्ने सर्त राखेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै ती तीन जनालाई शपथ गराउनुपर्ने आफूहरूको बटम लाइन रहेको उनी पक्षका सांसद लम्सालले प्रस्ट पारे ।

यस अतिरिक्त प्रदेशमा हुने राजनीतिक नियुक्तिहरूमा समेत सम्मानजनक हक हुनुपर्नेबारे सभापति देउवाको ध्यानाकर्षण गराइएको उनले बताए । सभापति देउवाबाट पूर्वसहमति पालना हुने र माग सम्बोधन गर्ने विषयमा सकारात्मक जबाफ प्राप्त गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री लामालाई सँगै राखेर सहमति कार्यान्वयन गराउने प्रतिबद्धता सभापति देउवाले जनाएको लम्सालले बताए ।

उनका अनुसार सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमति पालना हुन्छ भनेर लामा पक्षका सांसदलाई पठाएका छन् ।

पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीका अनुसार पार्टी सभापति देउवासँग आइतबार पार्टी कार्यालय सानेपामा भएको भेटमा विवाद समाधानका लागि पहल भएको थियो । पार्टी सभापति देउवाले दुवै पक्षलाई समस्या हल गर्न सहज दिशानिर्देश गरिसकेको उनको भनाइ छ ।

पूर्वमुख्यमन्त्रीले उठाएका माग सम्बोधन गर्न र मुख्यमन्त्री बानियाँलाई एक ढिक्का भएर विश्वासको मत दिन पार्टीभित्रका दुवै पक्षलाई सभापति देउवाले निर्देशन दिएको खड्गीले बताइन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री लामाबिच छलफल हुन बाँकी रहेको उनको भनाइ छ । उक्त छलफलबाट परिस्थिति अझ सहज हुने उनले बताइन् ।

पूर्वमुख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । सोही सर्त राखेर उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री बानियाँ उदासीन रहेको भन्दै लामा पक्षले विश्वासको मत नदिने चेतावनी दिँदै आएको थियो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । पार्टीका सभापति लगायत शीर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद् विस्तारको विषय टुङ्ग्याउने उनको भनाइ छ ।रातो पाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...