Skip to main content

धनगढी न्यूज

कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

Advertisement

धनगढी : कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि साइकल वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्र कैलालीले ३० जना महिला किसानहरूलाई साइकल, एक तराजु, २ वटा क्यारेट र कार्डहरू वितरण गरिएको हो।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले पाँच लाख २८ हजार मूल्य बराबरका सामाग्री वितरण गरिएको बताए। उनले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापामार्फत सामाग्री वितरण गरिएको बताए। उनले भने, “घर–घरमा तरकारी पुगाउने दिदी बहिनीहरूलाई पेसागत मर्यादा र प्रोत्साहनका लागि निःशुल्क वितरण गरेका हौ।”

कृषि ज्ञान केन्द्र, कैलालीले २४ जना एकल महिलालाई निःशुल्क साइकल, एक तराजु, दुई क्यारेट र कार्ड वितरण गरेको हो। एक बिरामी महिला र अन्य गरिब परिचय पत्र भएका महिलाहरू रहेका ज्ञान केन्द्रले बताएको छ। उनीहरूलाई वितरण गरिएको कार्डमा “हामी हाम्रो बारीको तरकारी मात्र बिक्री गर्छाै”, “हामी विषादी प्रयोग गरेको तरकारी बिक्री गर्दैनौ”, ज्ञान केन्द्रले हामीलाई निःशुल्क साइकल, तराजु दिएको छ” लगायतका पाँच वटा सन्देशहरू लेखिएका छन। उनीहरूको कार्डमा लेखिएको सन्देशले विषादीको प्रयोग काम गर्न सहयोगी हुने अपेक्षा ज्ञान केन्द्रको छ। आर्थिक अवस्था कमजोर भएका महिला किसानहरूलाई सरकार भएको अनुभूति दिलाएको मन्त्री थापाको दाबी छ। उनले भने, “धनगढीमा सबै भन्दा बढी तरकारी बिक्री हुने गरेको छ। तर, धनगढीका खेतहरू सबै भन्दा बढी बाँझो छन्। धनगढी उपमहानगरपालिकामा मात्र ५० लाख बजेट विनियोजन गरेका छौ। कृषि औजारका लागि पनि बजेट राखेका छौ। तपाइहरूले सहयोग माग गर्नुपर्छ। हामी आधा लागनी गर्छाै। तपाइहरू जोडिनुपर्छ। व्यवसायी रूपमा अगाडी बढ्नु होस।”

ज्ञान केन्द्रले आठ हजार आठ सय ४० रुपैयाँका दरले साइकल र पाँच हजार पाँच सयका दरले तराजुहरू खरिद गरेको बताएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...