Skip to main content

धनगढी न्यूज

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत जाने, डोभालसँग सीमा वार्ता गर्ने

Advertisement

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई देशबीचको लामो समयदेखि जारी सीमा विवादबारे वार्ता गर्नेछन्।

यो भ्रमणलाई दुई विशाल छिमेकीबीचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार वाङ यीको भ्रमण आगामी सोमबार, अगस्ट १८ का लागि तय भएको छ।

चिनियाँ विदेशमन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई दुई देशले आफूहरूबीचको विवाद समाधान गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरेका छन्। त्यही हैसियतमा दुई जनाबीच भेट हुँदैछ।

उनीहरूबीचको वार्ताको मुख्य एजेन्डा दुई देशबीचको सीमा विवादको राजनीतिक हल खोज्नु हो।

यो भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि हुने सम्भावित चीन भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ। विशेष प्रतिनिधिहरूबीचको वार्ताले प्रधानमन्त्री मोदीको चीन भ्रमणका लागि सकारात्मक वातावरण बनाउन मद्दत गर्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

भारत-चीन सीमा विवादको पृष्ठभूमि

भारत र चीनबीच करिब ३,४८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा दशकौंदेखि विवाद छ। यो विवादका कारण सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो। सीमा विवादलाई शान्तिपूर्ण र राजनीतिक माध्यमबाट समाधान गर्ने उद्देश्यले सन् २००३ मा ‘विशेष प्रतिनिधि’ (एसआर) तहको वार्ता संयन्त्र स्थापना गरिएको थियो।

यो संयन्त्रको उद्देश्य सीमा विवादको स्थायी समाधानका लागि राजनीतिक तहमा समझदारी बनाउनु हो। भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार र चीनका तर्फबाट स्टेट काउन्सिलरले यो वार्ताको नेतृत्व गर्छन्। हाल अजित डोभाल र वाङ यी आ-आफ्ना देशका विशेष प्रतिनिधि हुन्।

यो संयन्त्र स्थापना भएपछि दुई दर्जनभन्दा बढी चरणमा वार्ता भइसकेको छ। तर सन् २०२० जुनमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै तनावपूर्ण अवस्थामा पुगेको थियो।

उक्त झडपमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो।

त्यसयता दुवै देशले सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् र कमान्डर तहमा पटक पटक वार्ता भए पनि तनाव पूर्ण रूपमा हटेको छैन। यस्तो अवस्थामा हुन लागेको विशेष प्रतिनिधि तहको यो वार्तालाई अत्यन्त महत्त्वका साथ हेरिएको छ।सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...