Skip to main content

धनगढी न्यूज

‘दलहरूले विश्वविद्यालय तोडफोड गर्ने संगठन खारेज गर्नुपर्छ’

Advertisement
विद्यार्थीले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न पाउनुपर्छ । यो उनीहरूको अधिकार पनि हो । तर, हिंसात्मक गतिविधि र तोडफोड गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । त्रिवि देशको प्रतिष्ठा हो । यसलाई तोडफोड गर्ने होइन नि । तोडफोड गर्नु भनेको गैरकानुनी काम हो ।

विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयमा एकपछि अर्को तोडफोडका घटना भइरहेको छ । गत १४ जेठमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) समर्थित स्ववियुका विद्यार्थी नेताहरूले उपकुलपतिको कार्यालयमा तोडफोड गरे । गत २३ फागुनमा नेविसंघ निकटका विद्यार्थीले रेक्टर र डिन कार्यालयमा तोडफोड गरेका थिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २६ साउनमा रजिस्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गर्‍यो । एकपछि अर्कोगरी विश्वविद्यालयमा तोडफोडको सिलसिला नै चलेको छ । दलका विद्यार्थीहरू किन तोडफोडमै उत्रनुपर्ने स्थिति आउँछ त ?

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमासँग गरिएको संक्षिप्त कुराकानीको अंश :

त्रिविमा विद्यार्थी संगठनहरूबाट सधैं तोडफोडको हुने गरेको छ । दलका विद्यार्थीहरू तोडफोडमै उत्रनुलाई के भन्नु हुन्छ ?

विद्यार्थीहरूका आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न पाउनुपर्छ । यो उनीहरूको अधिकार हो । तर, हिंसात्मक गतिविधि र तोडफोड गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । त्रिवि देशको प्रतिष्ठा हो । सार्वजनिक सम्पत्ति हो । यसलाई तोडफोड गर्ने होइन नि । तोडफोड गर्नु भनेको गैरकानुनी काम हो । विश्वविद्यालयले यसलाई कडाइका साथ रोक्नुपर्छ । तर दुःखको कुरा, विश्वविद्यालयले धेरै समयदेखि सहँदै आएको छ । जसले गर्दा यो प्रवृत्ति बढेको छ ।

राजनीतिक पार्टीहरूले आफ्ना भ्रातृ संगठनहरूलाई सम्झाउनुपर्छ । यस्ता गतिविधिले अन्ततः विश्वविद्यालयलाई नै बिगार्छ । विश्वविद्यालय बिग्रनु भनेको हाम्रै छोराछोरीको भविष्य बिग्रनु हो नि ।

विद्यार्थीको कुनै गुनासो छ भने त्यसलाई प्रस्तुत गर्ने एउटा मर्यादित प्रक्रिया हुन्छ । विद्यार्थीहरूले आफ्ना समस्या राख्न पाउँछन् । तर तोडफोड गर्ने, उपकुलपति, रेक्टर, रजिस्ट्रारको अगाडि नारा जुलुस गर्दै अमर्यादित तरिकाले प्रस्तुत हुनु भएन ।

पदाधिकारीले पनि विद्यार्थीको मागको सुनुवाइ नै नगर्ने गरेको गुनासो विद्यार्थीहरूको छ नि ।

विद्यार्थीको माग जायज छन् कि छैनन् भनेर अध्ययन गर्न सकिन्छ । उपकुलपति, रेक्टर र रजिस्ट्रारले कहाँ समस्या हो त्यसको अध्ययन गरेर समाधान गर्नुपर्छ । विद्यार्थीको कुरा पनि सुन्नुपर्छ । तर जसरी पछिल्लो समय विद्यार्थी संगठनहरूले गतिविधि बढाएका छन् त्यो सहि छैन । यस्ता क्रियाकलापलाई छुट दिनुहुँदैन ।

यो पनि पढ्नुहोस

त्रिविमा शुल्क विवाद के हो ?

त्यसोभए विद्यार्थी संगठनलाई के गर्ने त ?

राजनीतिक पार्टीहरूले आफ्ना भ्रातृ संगठनहरूलाई सम्झाउनुपर्छ । यस्ता गतिविधिले अन्ततः विश्वविद्यालयलाई नै बिगार्छ । विश्वविद्यालय बिग्रनु भनेको हाम्रै छोराछोरीको भविष्य बिग्रनु हो नि । राम्रो पढ्ने विद्यार्थी र योग्य शिक्षकहरू विश्वविद्यालयमा नबस्ने स्थिति सिर्जना हुन्छ । असुरक्षित र अस्थिर वातावरणमा को बस्न चाहन्छ र ? राम्रा विद्यार्थी र शिक्षक देशमै बस्न नचाहनुको एउटा कारण यस्तै गतिविधिले पनि हो ।

पछिल्लो समय दलका विद्यार्थीहरूले केन्द्रीय विभागमा गाभिएको कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखिरहेका छन् । शुल्कको समायोजन कसरी गर्ने ?

समयअनुसार सबै कुरा महँगिदै जान्छ । मैले मेरो पालामा १८ वर्षपछि शुल्क बढाएको थिएँ । त्यतिबेला पनि विद्यार्थीहरू हड्ताल गरेका थिए । तर, शुल्क नउठाई विश्वविद्यालय चलाउन सकिँदैन । मेरो पालामा सरकारले विद्यार्थीको आन्दोलनका कारण सरकारलाई अफ्ठ्यारो पर्छ, शुल्क नबढाउनु भनेको थियो । तर मैले १८ वर्षदेखि नबढेको शुल्क बढाएको थिएँ । त्रिवि पनि एउटा प्राण भएको संस्था हो, यसलाई मलजल गरिएन भने यो चल्न सक्दैन ।

सरकारले पनि पर्याप्त बजेट नदिने, विद्यार्थीबाट पनि शुल्क नउठाउने हो भने विश्वविद्यालय कसरी चल्छ ?

एकातिर गुणस्तरीय शिक्षा खोज्ने, अर्कोतिर शुल्क नै बढाउन नपाउने भन्ने हुँदैन । शुल्क नउठाउने सार्वजनिक विद्यालयहरूको हालत हेर्नुहोस् त कस्तो छ ? सार्वजनिक विद्यालयले केही शुल्क उठाएका छन् । तिनैले राम्रो गरेका छन् ।

अनि प्राध्यापकहरूलाई राम्रो तलब नदिई, अनुसन्धानमा खर्च नगरी र प्रयोगशालाहरूलाई व्यवस्थित नगरी गुणस्तरीय शिक्षा कसरी सम्भव हुन्छ ? सरकारले पनि पर्याप्त बजेट नदिने, विद्यार्थीबाट पनि शुल्क नउठाउने हो भने विश्वविद्यालय कसरी चल्छ ?

तर, यसपटक विद्यार्थीहरूको माग गाभिएको कार्यक्रमको शुल्क घटाउनु पर्छ भन्ने हो । अन्य विभागको जस्तै हुनुपर्छ भनिरहेका छन् नि ।

मैले यो विषय बुझेको छु । यसमा साँच्चिकै शुल्क महँगो भएको हो कि होइन भनेर एउटा समिति बनाएर अध्ययन गर्न सकिन्छ । त्यसका लागि सिनेट छ । कार्यकारी परिषद् छ । त्यहाँ आफ्ना कुरा राख्न सकिन्छ । वार्ता र संवादबाटै समाधान खोजिनुपर्छ । अध्ययन गरेर समायोजन गर्नुपर्ने देखिए समायोजन गर्नुपर्छ । तर तोडफोड र बलजफ्तीको राजनीति बन्द हुनुपर्छ । यस्ता गतिविधिले विश्वविद्यालयलाई फाइदा होइन, उल्टै ठूलो नोक्सान गरिरहेको छ ।

त्रिविका पदाधिकारीले नै सुरक्षाको माग गरेका छन् । सुरक्षित वातावरण बनाउन र तोडफोडका घटना हुन नदिन के गर्ने ?

राष्ट्रपति वा प्रधानमन्त्रीले सबै पार्टीका नेताहरूलाई बोलाएर एउटा साझा प्रतिबद्धता जनाउनु पर्छ । जसरी १२ बुँदे सहमति भएको थियो । त्यसैगरी त्रिविमा पनि तोडफोड नगर्ने र शान्तिपूर्ण वातवरण बनाउन दलहरूले सामूहिक प्रतिबद्धता जनाउनुपर्छ ।

विश्वविद्यालयमा एउटा मात्रै विद्यार्थी संगठन छैन । १०–१५ वटा संगठन हुन्छन् । आज एउटाको माग पूरा गर्‍यो, भोलि अर्को आउँछ । पर्सि अर्को आउँछ…। पदाधिकारीले कति र कोसँग डिल गरेर बस्ने ? विश्वविद्यालयमा एउटा स्वतन्त्र युनियन भए पुग्छ । दलहरूले विश्वविद्यालयहरूको संगठन खारेज गर्नुपर्छ ।अन्लाईन खबर बाट साभार

त्रिवि शुल्क विवाद : वार्तामा गएनन् विद्यार्थी

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...