Skip to main content

धनगढी न्यूज

बैतडीमा तीन बर्षको अवधिमा ५२ जना बेपत्ता

Advertisement

बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ।

बैतडी।बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा बेपत्ता भएकामध्ये ५२ जना अझै फेला परेका छैनन् ।

आर्थिक बर्ष २०७९\८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए।ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

यस्तै आर्थिक बर्ष २०८०\८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेका थिए ।

गत आर्थिक बर्ष २०८१\८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेका छन्।बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।गत आर्थिक बर्षमा ५५ महिला, २७ बालक २९ बालिका र १ एकजना जेष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो।ती मध्ये ८६ जना फेला परेका उनले बताए ।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिएपनि कतिपयले फेला परेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्यांक बढ्दै गएको प्रहरीले जनाएको छ ।

बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन्।सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि बेपत्ता मानिसको संख्या बढ्दै गएको छ ।

प्रहरीले बेला-बेलामा समस्या परेका नागरिकहरुको उद्धार समेत गर्दै आएको छ।ललाईफकाइ र आँफैै पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाहरुको सीमा नाकाबाट उद्धार गर्ने गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए।

गत आर्थिक बर्षमा ५ महिला, २ बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए। धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...