Skip to main content

धनगढी न्यूज

यी हुन् बागमतीमा मन्त्री बन्ने सम्भावित पाँच सांसद, बहादुर पक्षले नपाउने संकेत

Advertisement
जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

३० साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री बानियाँ निकटका एक सांसदले पाँच जना मन्त्रीको आजै नियुक्ति र ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुने अनलाइनखबरलाई जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा रिक्त पाँच मन्त्री नियुक्त हुन लागेका हुन् ।

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।

कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबन्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो ।

जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

बानियाँले नियुक्त गर्न लागेका सम्भावित मन्त्रीहरूमा रसुवाका प्रभात तामाङ, काभ्रेका कञ्चनचन्द्र बादे, भक्तपुरका सुरेश श्रेष्ठ, ललितपुरकी उर्मिला केसी नेपाल र चितवनकी बिना रायमाझी पौडेल रहेका छन् ।

मुख्यमन्त्री निकट स्रोतकाअनुसार तामाङलाई आर्थिक मामिला, बादेलाई आन्तरिक मामिला तथा कानुन, श्रेष्ठलाई युवा तथा खेलकुद, केसीलाई सामाजिक विकास र रायमाझीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मवारी दिन लागिएको छ ।

‘अन्तिमसम्म फरक निर्णय भएन भने मन्त्री नियुक्त हुने उहाँहरू नै हो,’ स्रोतले भन्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतृत्वसँग भेट गर्दै मुख्यमन्त्री बानियाँ आज काठमाडौंबाट हेटौंडा फर्किरहेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले केही समय अघि मात्रै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग मन्त्री नियुक्ति र शपथको व्यवस्थापनका सम्बन्धमा छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको थियो ।

तर, बानियाँले नियुक्त गर्न लागेको मन्त्रीहरूको सम्भावित सूचिमा बहादुर पक्षका सांसदको नाम छैन ।

२० साउनमै निर्वतमान मुख्यमन्त्री लामाले १४ साउनमा मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री बानियाँसँग बहादुर लामा पक्ष असन्तुष्ट बनेको थियो ।

३ जनालाई मन्त्री नबनाएसम्म विश्वासतको मत निदने अडान लिएको बहादुर पक्षले २७ साउनमा प्रदेश सभा बैठकमा उपस्थित भएर विश्वासको मत दिएका थिए ।

निवर्तमान मुख्यमन्त्री लामाले केन्द्रीय नेतृत्वहरूले ३ जनालाई मन्त्री बनाउने सहमति कार्यान्वयन हुने प्रतिबद्ध दिलाएपछि विश्वासको मत दिएको बताएका थिए । लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति कांग्रेस सभापति देउवासहित बानियाँ र लामाबीच पूर्वसहमति भएको दाबी गरिएको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...