Skip to main content

धनगढी न्यूज

किन लागिरहेको छ बंगलादेश प्रिमियर लिग खेल्न नेपाली फुटबलरको लर्को?

Advertisement

बंगलादेशको शीर्ष डिभिजनको फुटबल लिगको यो सिजन अर्को महिनादेखि सुरू हुँदैछ।

१० टोलीले भाग लिने यो प्रतियोगिताका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी भित्र्याउने व्यवस्था छ। जसमा चार जनालाई प्लेइङ-११ मा राख्न सकिन्छ। यो वर्ष लिगका लागि एउटा महत्वपूर्ण परिवर्तन भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा आबद्ध खेलाडीलाई भने स्थानीय खेलाडी कोटामा राखिएको छ। बंगलादेशकै खेलाडीको जस्तो नियम लागू हुने भएपछि टोलीमा साफ क्षेत्रका खेलाडी जति पनि राख्न पाइनेछ।

यसको प्रत्यक्ष फाइदा नेपाली फुटबलरलाई भइरहेको छ। धमाधम नेपाली खेलाडी सिजन २०२५-२६ का लागि आबद्ध हुने क्रम बढेको छ। किनभने नेपालको शीर्ष डिभिजनको लिगको अहिलेसम्म कुनै टुंगो छैन।

ए डिभिजन लिगको पछिल्लो संस्करण २०८० को जेठमा सकिएको थियो। त्यसपछि लिग हुन नसकेको २६ महिना भइसकेको छ। यो २६ महिनाको अवधिमा अधिकांस राष्ट्रिय खेलाडीले एकाध मोफसलका प्रतियोगिता मात्र खेल्न पाए।

लिगको मिति तोक्न ढिलाइ भएपछि नेपाल फुटबल खेलाडी संघले यसअघि नै ध्यानाकर्षण गराइसकेको छ। संघका अध्यक्ष विक्रम लामाले लिग समयमा हुन नसक्दा खेलाडी पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरेको थिए।

‘लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पुर्‍याएको छ। हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलकै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला। फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनको खोजीमा देश छोड्न बाध्य भएका छन्,’ मिडफिल्डर लामाको भनाइ थियो।

एन्फाले आधिकारिक प्रतियोगिता गराउन नसक्दा अहिले राष्ट्रिय टोलीको खेलाडी छनोटमा समेत असर परेको छ। बंगलादेशविरूद्धको खेलका लागि प्रशिक्षण म्याट रसले खेलाडीलाई ट्रायलमा बोलाएको अवस्था छ।

यो विषयमा लामाको भनाइ छ, ‘पछिल्लो पटक राष्ट्रिय टोली छनोट प्रक्रिया गर्न खेलाडीलाई ट्रायलमा बोलाउनुपर्ने स्थितिले यस पक्षलाई अझ उजागर गरेको छ। राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्ने हो र लिग फुटबल गर्नुबाहेकको विकल्प हामीसँग छैन।’

बंगलदेशले भने सन् २०२० मा कोभिड-१९ को महामारी भएको बेला बाहेक पछिल्लो १८ वर्षदेखि हरेक सिजन लिग सञ्चालन गर्दै आएको छ। यसरी निरन्तर लिग हुने निश्चित भएको र साफ खेलाडीलाई स्थानीय खेलाडीको कोटमा राखिने भएपछि नेपाली खेलाडीहरू यो सिजनको बंगलदेश प्रिमियर लिगका लागि धमाधम आबद्ध हुन थालेका छन्।

शुक्रबारसम्ममा आठ जना नेपाली फुटबरले बंगलादेश प्रिमियर लिग खेल्नका लागि सम्झौता गर्ने भएका छन्। जसमा कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूदेखि अनुभवी डिफेन्डर अनन्त तामाङ र फरवार्ड अन्जन विष्टसम्म छन्।

किरण र विंगर आयुष घलानले बंगलादेश पुलिसका लागि सम्झौता गर्दैछन्। यस्तै मिडफिल्डर एरिक विष्ट, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर योगेश गुरुङ र डिफेन्डर सनिस श्रेष्ठ गरी चार जना खेलाडी ब्रदर्श युनियनबाट खेल्दैछन्।

अनन्त तामाङलाई फोर्टिस एफसीले अनुबन्ध गर्दा डिफेन्डर अभिषेक लिम्बू रहमतगंज एफएफएसबाट खेल्दैछन्।

गत सिजनको लिग मोहमेडनले जितेको थियो। ढाका अबहानी दोस्रो र बसुन्धरा किंग्स तेस्रो भएका थिए। यी तीन क्लब एएफसी च्यालेन्ज कपका प्रतिनिधित्व गर्न योग्य भएका थिए। जसमा च्याम्पियन मोहमेडनले सिधै समूह चरणमा स्थान बनाउद बाँकी दुई क्लबले छनोट खेलेका थिए।

यसरी बंगलादेशका तीन वटा क्लब एसियाली फुटबल महासंघको क्लब प्रतियोगिताका लागि योग्य हुँदा यो सिजन नेपाल भने एएफसी क्लब प्रतियोगिताबिहीन छ। लिग हुन नसक्दा तथा एन्फाले गर्ने भनेको नटआउट प्रतियोगिता क्लबहरुले बहिष्कार गर्दा नेपाली यो सिजन एएफसी क्लब प्रतियोगितामा सहभागी बिहिन बन्यो। सेतो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...