Skip to main content

धनगढी न्यूज

कैलाली कारागारको झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

Advertisement

कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन्

twitter sharing buttonधनगढी । कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन्।

निको भएपछि सेती प्रादेशिक अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो।अस्पतालले डिस्चार्ज गरेका मध्ये ३४ जनालाई कोभिड अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार निको भएका पाँच जना कैदीलाई उनीहरुको इच्छानुसार अन्यत्र स्थानान्तरण गरिएको छ।

चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरेको जनाइएको छ। बाँकीलाई पनि अन्यत्र स्थानान्तरणको लागि कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पहल गरिरहेको छ। यहाँ रहेकामध्ये केहीले अन्यत्र स्थानान्तरण भएर जाने इच्छा व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ। केही कैदीबन्दी भने कोभिड अस्पतालमै बस्न चाहेको उनले उल्लेख गरे।

साउन २३ गते मध्यरातमा कैलाली कारगारमा ब्लक ए र ब्लक बी का कैदीबिच हिंसात्मक झडप भएको थियो।ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा धनगढीका भरत चौधरीको ज्यान गएको थियो भने ४७ जना घाइते भएका थिए।मृतक चौधरी लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गर्दै थिए।

घाइते सबैलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।गम्भीर अवस्थाका तीन जना घाइते कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो।उनीहरुको अवस्था अब खतरामुक्त रहेको प्रजिअ लम्सालले जानकारी दिए। त्यस्तै, धनगढीको कोभिड अस्पतालमा तीन र सेती प्रादेशिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ।अब आठ जना घाइते निको हुन बाँकी रहेको जनाइएको छ।

कारागार घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको थियो।यसैगरी, पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।छानबिन र अनुसन्धान जारी रहेको प्रजिअ लम्सालले आज पत्रकार भेटघाटमा जानकारी दिए।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...