Skip to main content

धनगढी न्यूज

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह : प्रहरीले स्पष्ट गर्‍यो वास्तविकता

Advertisement

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह फैलाइएको पाइएको छ ।

धनगढी।सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाललाई लिएर सामाजिक सञ्जालमा फैलाइएको आरोप असत्य भएको प्रहरीले स्पष्ट पारेको छ।

दलित अभियान्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत मन्त्री पालले बैतडीमा गाडीले किचेर १३ वर्षीय किरण कोलीको हत्या गरेको दाबी गरेका थिए। उनले मन्त्री रक्सीको नशामा रहेको र घटनापछि पीडित परिवारलाई मुख बन्द गर्न पाँच लाख रुपैयाँ दिइएको जस्ता गम्भीर आरोप सार्वजनिक गरेका थिए।

तर, जिल्ला प्रहरी कार्यालय बैतडीले प्रारम्भिक अनुसन्धानमै यी आरोपको सत्यता नभएको जनाएको छ। प्रहरीका अनुसार किरण कोलीको मृत्यु साउन १७ गते बालुवा संकलन गर्ने क्रममा विद्युत् पोलमा करेन्ट लाग्दा भएको हो। प्रहरी निरीक्षक बलराम पाण्डेयका भनाइमा, “यो घटना शुद्ध दुर्घटना हो, हत्या होइन।”

सुनारले सार्वजनिक गरेको ‘पाँच लाख रुपैयाँ पीडित परिवारलाई जबर्जस्ती दिइयो’ भन्ने आरोपबारे वडाध्यक्ष रघुवीर बोहराले स्पष्टीकरण दिएका छन्। उनका अनुसार उक्त रकम समुदायकै पहलमा संकलन गरेर पीडित परिवारको खातामा जम्मा गरिएको हो। रकम संकलन र खातामा जम्मा गर्ने काम आफैं अभियान्ता सुनारले नै गरेका थिए।

यसबीच, मन्त्री पालको सचिवालयले सुनारले सामाजिक सञ्जालमार्फत गरिएको आरोपलाई ‘चरित्र हत्या गर्ने नियत’ भएको भन्दै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...