21
Aug
५ भदौ, काठमाडौं । अन्तत: बिहीबार एकैदिन संसदीय समितिबाट दुईवटा बहुप्रतिक्षित विधेयक पारित भएका छन् । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक आज एकैदिन समितिबाट पारित भएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयकहरू बिहीबार पारित भएका छन् ।अब यदी दुई विधेयक संघीय संसद्मा पेश हुनेछन् । विधेयक पारित हुँदैगर्दा यसअघिभन्दा यो पटक एउटा दृश्य नयाँ देखियो । केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।यी विधेयकमा पनि त्यस्तै समस्या दोहोरिएला भन्ने भय दुवै समितिका…






