Skip to main content

धनगढी न्यूज

कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

Advertisement
५ भदौ, काठमाडौं । अन्तत: बिहीबार एकैदिन संसदीय समितिबाट दुईवटा बहुप्रतिक्षित विधेयक पारित भएका छन् । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक आज एकैदिन समितिबाट पारित भएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयकहरू बिहीबार पारित भएका छन् ।अब यदी दुई विधेयक संघीय संसद्‌मा पेश हुनेछन् ।

विधेयक पारित हुँदैगर्दा यसअघिभन्दा यो पटक एउटा दृश्य नयाँ देखियो । केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।यी विधेयकमा पनि त्यस्तै समस्या दोहोरिएला भन्ने भय दुवै समितिका सांसदहरूमा देखियो । जसअनुसार, उनीहरूले पारित भएको विधेयक हस्ताक्षर गरे, त्यो पनि विधेयकका हरेक पाना केलाएर ।

कृषि समितिमा प्रतिपक्षी दलको असहमतिबीच विधेयक पारित गर्ने तयारी चलेको थियो । प्रतिपक्षी दलले बैठक नै बहिष्कार गरे ।

विधेयकको प्रतिवेदन तयार भएसकेपछि पक्षमा रहेका सांसदहरूलाई साक्षी राख्दै समिति सभापति कुशुमदेवी थापाले हस्ताक्षर गरिन् । जतिबेला समिति हलमा केही रोचक सवालजवाफ समेत भएको थियो ।

सभापति थापाले प्रश्न गरिन्, ‘तपाईंहरू मेरो लागि साक्षी हुनुहुन्छ होइन ? साइन गरौं ?’

सांसदहरूले ‘गरौं, गरौं’ भने । त्यसपछि उनले हस्ताक्षर गरिन् ।

विधेयकमा सबै सांसदहरूले हस्ताक्षर गरेका छन् । शिक्षा विधेयक पारित हुँदैगर्दा पनि यस्तै देखियो । अब सभामा पेश हुने प्रतिवेदनमा भने सभापति र समिति सचिवले मात्रै हस्ताक्षर गर्नेछन् ।

समितिबाट विधेयक पारित हुँदा यसअघि यस्ता दृश्य विरलै देखिन्थे ।

निजामती विधेयकको गडबडीका कारण राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा नै दिनुपरेको थियो । निरन्तर प्रश्न उठेपछि यो विधेयकमा देखिएको गडबडी छानबिन गर्न संसदीय समिति नै बनेको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...