Skip to main content

धनगढी न्यूज

पहिलो महिनामै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

Advertisement

६ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ । ८१ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता मात्र ७३ करोड ३० लाख रुपैयाँको मात्र आएको छ ।

अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएकोमा २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा मात्र १ सय २७ उद्योग दर्ता भएका छन् । यससँगै नेपालमा कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख १२ हजार १ सय ५ रुपैयाँ पुगेको छ ।

कुल ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन् । साउनमा मात्र दर्ता भएका उद्योगले ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको देखिएको छ ।

साउनमा दर्ता भएका उद्योगमध्ये साना १ सय २५ र ठूला २ छन् । मझौला प्रकृतिका उद्योग दर्ता भएका छैनन् । यसरी आएको लगानी प्रतिबद्धतामध्ये कृषिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । कृषिमा कुल ३ उद्योगमा २० अर्ब बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत गरेको थियो । जसले गर्दा एफडीआई ह्वात्तै बढेको पाइएको छ ।

यो उद्योगमा प्रतिबद्धता प्राप्त लगानी कार्यान्वयन भए नेपालबाट ठूलो मात्रामा भैँसीको मासु निर्यात हुनेछ । कृषिबाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जामा लगानी प्रतिबद्धता आएको देखिएको छ । संख्यात्मक हेर्दा सूचना प्रविधिमा ७१ र पर्यटनमा ४१ उद्योग दर्ता भएका छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...