Skip to main content

धनगढी न्यूज

अनदी मासिँदा अट्वारीमा असर

Advertisement

धनगढीः रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ।

अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो। अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ। यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ। खेती किसानी गर्दै आएका परिवार नै अन्डीको चामल नहुँदा अट्वारी पर्वमा व्रत बस्दैनन्। खेती नगर्ने परिवारलाई झनै समस्या छ।

अट्वारीका लागि अन्डीको चामल पाउनै मुस्किल रहेको स्वास्थ्यकर्मीसमेत रहनुभएकी कुसुम चौधरीले बताईन। ‘धेरैतिर खोजेँ। बल्लबल्ल एक ठाउँमा पत्ता लाग्यो तर, थोरै भएकाले बेच्नै मानेनन्,’ उनले थपिन्, ‘अन्डीको चामलबिना त अट्वारी पर्व कसरी मनाउने?’

पश्चिमका थारू समुदायले दुई दिनसम्म मनाउने यो पर्व यस वर्ष भदौ ८ देखि सुरु भएको छ। पर्व नजिकिए पनि कतिपय परिवारले अन्डीको चामल पाउन सकेका छैनन्। अट्वारीमा अन्डीको चामलको पिठो बनाएर त्यसको रोटी पकाउने, खाने र त्यही रोटी आफ्ना विवाहित दिदीबहिनीलाई उपहारका रूपमा अग्रासन दिने चलन छ।

अट्वारी विशेष पर्व भए पनि अन्डीको धान नहुने गरेका कारण यो पर्वलाई धेरै जसोले आधुनिक तरिकाले मनाउन थालेको धनगढी उपमहानगरपालिका–५, जाईका भलमनसा कुलवीर चौधरीले बताए। ‘हाम्रोतिर अचेल अन्डी धानको खेती कोही पनि गर्दैनन्,’ उनले भने, ‘कतिपयले आधुनिक तरिकाले अट्वारी मनाउन थाले। कतिपयले पर्व मनाउँदैनन्।’

सुदूरपश्चिम प्रदेशमा तराईको रैथाने बाली अन्डी धान र थारू आलु मानिन्छ। पछिल्लो समय थारू आलुतर्फ किसानको आकर्षण थोरै बढे पनि अन्डी धानको खेतीमा भने आकर्षण छैन। कतिपयले आफूलाई चाहिने थोरै मात्रै अन्डी धानको खेती गर्ने गरेका छन्। धेरै जसोले यसको सट्टा उन्नत प्रजातिका धान लगाउने गरेका छन्।

अन्डी धान उत्पादन कम हुने र ढिलो पाक्ने कारणले किसानले मास्दै गएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीको ठम्याइ छ। उनले भने, ‘अन्डी धान उत्पादन अरू धानको तुलनामा कम हुन्छ। ढिलो पाक्छ। त्यसैले किसानले छोड्दै गएका हुन्।’ कृषि ज्ञान केन्द्रका अनुसार अन्डी धान धार्मिक, पौष्टिक हिसाबले निकै महìवपूर्ण थारू रैथाने बाली हो।

थारू समुदायमै यो बाली अहिले बिलय हुँदै गइरहेको छ। सरकारले नीतिगत रूपमा ध्यान नदिएका कारण महìवपूर्ण रैथाने बाली अन्डी धानको जगेर्ना हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए। उनले अन्डी धानको महत्वका बारेमा किसानलाई बुझाउन र यसको क्षेत्रफल बढाउन आवश्यक रहेको औँल्याए।

बिस लाख बजेट

रैथाने अन्डी धान र थारू आलुका लागि ज्ञान केन्द्रमा चालु आवमा २० लाख रुपियाँ बजेट आएको छ। गत आव यसैका लागि आठ लाख रुपियाँ बजेट रहेको थियो। आएको बजेटलाई बिउबिजन, मल, विषादी, कृषि यन्त्र, तालिमलगायत सदुपयोग गर्ने जनाइएको छ। केन्द्रको अनुदान सहयोगमा यस वर्ष कैलालीको कैलारी गाउँपालिकामा चार/पाँच बिघा जमिनमा अन्डी धानको खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए। दिनेश खाबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...