Skip to main content

धनगढी न्यूज

Day: August 25, 2025

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध, तस्बिरहरू

काठमाडौँ । आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।   विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।रातो पाटी बाट साभार  
Read More
फुटपाथमा असरल्ल छाडिएका निर्माण सामग्रीले पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

फुटपाथमा असरल्ल छाडिएका निर्माण सामग्रीले पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

काठमाडौंको जमल, भोटाहिटी  र सुन्धारा क्षेत्रका फुटपाथ पैदलयात्रीका लागि सास्ती बनेको छ। फुटपाथमा जताततै निर्माण सामग्री असरल्ल छाडिँदा पैदलयात्रीलाई सकस भएको छ। विद्युत प्राधिकरणले विद्यूती तार भूमीगत गर्न भनेर विभिन्न ठाउँमा खनेको छ। कतिपय ठाउँमा खनिएका सडक त्यसै छाडिएका छन्। त्यसले थोरै पानी परे हिलाम्य हुन्छ। यसले पैदलयात्री थप सास्ती खेप्न बाध्य छन्। ठूला-ठूला पाइपका क्वाइलहरू पनि सडकपेटीमै राखिएको देखिन्छ। सडकपेटीमा छापिएका ब्लकहरू हटाएर किनारामा त्यसै छाडिएका छन्। चाडवाड नजिकिँदै गर्दा ग्राहकहरू भीड पनि यही क्षेत्रमा बढ्छ। यसरी सडकमै निर्माण सामग्री थुपारेर राख्दा अवरोध त हुन्छ नै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई  अझै चुनौती बढेको देखिन्छ। दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई…
Read More
अनदी मासिँदा अट्वारीमा असर

अनदी मासिँदा अट्वारीमा असर

धनगढीः रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ। अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो। अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ। यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ। खेती किसानी गर्दै आएका परिवार नै अन्डीको चामल नहुँदा अट्वारी पर्वमा व्रत बस्दैनन्। खेती नगर्ने परिवारलाई झनै समस्या छ। विज्ञापन अट्वारीका लागि अन्डीको चामल पाउनै मुस्किल रहेको स्वास्थ्यकर्मीसमेत रहनुभएकी कुसुम चौधरीले बताईन। 'धेरैतिर खोजेँ। बल्लबल्ल एक ठाउँमा पत्ता लाग्यो तर, थोरै भएकाले बेच्नै मानेनन्,' उनले थपिन्, 'अन्डीको चामलबिना त अट्वारी पर्व कसरी मनाउने?'…
Read More