Skip to main content

धनगढी न्यूज

फुटपाथमा असरल्ल छाडिएका निर्माण सामग्रीले पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

Advertisement

काठमाडौंको जमल, भोटाहिटी  र सुन्धारा क्षेत्रका फुटपाथ पैदलयात्रीका लागि सास्ती बनेको छ।

फुटपाथमा जताततै निर्माण सामग्री असरल्ल छाडिँदा पैदलयात्रीलाई सकस भएको छ।

विद्युत प्राधिकरणले विद्यूती तार भूमीगत गर्न भनेर विभिन्न ठाउँमा खनेको छ।

कतिपय ठाउँमा खनिएका सडक त्यसै छाडिएका छन्। त्यसले थोरै पानी परे हिलाम्य हुन्छ। यसले पैदलयात्री थप सास्ती खेप्न बाध्य छन्।

ठूला-ठूला पाइपका क्वाइलहरू पनि सडकपेटीमै राखिएको देखिन्छ। सडकपेटीमा छापिएका ब्लकहरू हटाएर किनारामा त्यसै छाडिएका छन्।

चाडवाड नजिकिँदै गर्दा ग्राहकहरू भीड पनि यही क्षेत्रमा बढ्छ।

यसरी सडकमै निर्माण सामग्री थुपारेर राख्दा अवरोध त हुन्छ नै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई  अझै चुनौती बढेको देखिन्छ।

दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ।

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ।सेतो पाटी बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...