Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्दै

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ

 धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको हो ।

कार्यान्वयनमा देखिएको जटिलता फुकाउन ऐन संशोधन गर्न लागेको जनाइएको छ । दलित समुदायमाथि हुने छुवाछूत वा सबै प्रकारको विभेद अन्त्यगरी दलित समुदायको सशक्तिकरण, समावेशीकरण, राज्यको सबै तहमा सहभागिता र क्षमता अभिवृद्धिका लागि सरकारले २०७८ मा यो ऐन बनाएको थियो । तर, बनेको चार वर्षसम्म ऐन कार्यान्वयन हुन सकेन ।

ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको प्रक्रिया अगाडि बढाएको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए । उनले भने, “दलित समुदायको हकहितको सुरक्षा, कतिपय मुद्दा स्थापना र दलित आयोग गठनका लागि सरकारले यो ऐन बनाएको थियो । ऐन कार्यान्वयनमा समस्या आएपछि सरकारले संशोधन गर्न लागेको हो ।”

दलित शक्तिकरण ऐन संशोधनका लागि प्रदेश सरकारले दलित शक्तिकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ । यो संशोधन विधेयक प्रदेश सभाको चालु अधिवेशनबाटै पारित हुने आर्थिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले बताए । उनले दलित समुदाय लक्षित कार्यक्रम र कानुन निर्माण तथा कार्यान्वयनमा आफूले सक्दो पहल गर्दैआएको उल्लेख गरे ।

प्रदेश सरकारले ऐन संशोधन गरेर जातीय विभेद तथा छुवाछुत र दलित सशक्तिकरण सम्बन्धि विद्यमान नीति तथा कानुन कार्यान्वयनको अवस्था अध्ययन गरी आवश्यक सुझाव तथा निर्देशन दिनका लागि प्रादेशिक निर्देशक समिति रहने व्यवस्था गर्दैछ । समितिका अध्यक्ष सामाजिक विकासमन्त्री, सदस्यमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव, मन्त्रालयका सचिव, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख रहने छन् ।

यसैगरी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, विकास समितिका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता पनि समितिको सदस्य रहने विधेयकमा उल्लेख छ ।

यस्तै, प्रदेशभित्रका दलित समुदायलाई आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक रुपमा सक्षम बनाउन र दलित समुदायको हित सम्बन्धि कार्यक्रम तथा योजना तर्जुमा र कार्यान्वयनका लागि प्रादेशिक दलित विकास समिति गठनको व्यवस्था गरिदैँछ ।

समितिको अध्यक्ष सामाजिक विकासमन्त्री वा राज्यमन्त्री रहने जनाइएको छ । त्यस्तै, समितिका उपाध्यक्ष भने प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति रहने विधेयकमा उल्लेख छ । धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...