Skip to main content

धनगढी न्यूज

गोदावरी नगरपालिकाद्वारा २ सय बढी गाईबस्तुको व्यवस्थापन

Advertisement

धनगढीः तराईका जिल्लामा वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आजदेखि आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ।

नगरपालिकाको वडा नम्बर७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा आजदेखि पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ। बिहिवार बिहानैदेखि नगरपालिकाका नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम सम्पन्न गरिएको छ।

पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २ सय भन्दा बढी गाईबस्तुको ब्यावस्थापन गरेको नगर प्रहरी प्रमुख सन्धु चौधरीले बताएका छन्। छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीमा क्षति, र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएका थिए। सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सरकारसँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माण गरेको हो।

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, ‘यो गौशाला निर्माणको दुई वर्षदेखि क्रमिक रूपमा अन्य संरचना निर्माण र गाईबस्तु व्यवस्थापन गर्दै जाने गरी दिर्घकालिन योजना रहेको छ।’ उनले थपे, ‘किसानहरूले मलको अभाव भोगिरहेका छन्। गौशालाले मल र मुत्र उपलब्ध गराएर कृषि क्षेत्रमा समेत योगदान पुर्याउनेछ। यस स्थानमा गौशाला निर्माण गर्नु आवश्यक थियो भन्ने सन्दर्भमा योगी पिताम्बरज्यूले पनि साथ दिए।’

नगर प्रमुख भट्टका अनुसार, ‘गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्पराअनुसार गाईको पूजा गरिन्छ। तर पछिल्लो समय गाईलाई सडकमा हेला बनाइएको देख्दा अचम्मित हुने अवस्था थियो। हामीले ढिला भए पनि गौशालाको निर्माण गरी गाई संरक्षण, मल–मुत्रको उपयोग र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छौं।’

गौशालाले गाईको संरक्षणसँगै ग्रामीण कृषि क्षेत्रमा मल–मुत्रको आपूर्ति, रोजगार सिर्जना, र नगरभित्र छाडा पशु व्यवस्थापनलाई व्यवस्थित बनाउने महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। यस पहलले नगरपालिकाको जनहितमुखी र दीगो विकासको दृष्टिकोणलाई उजागर गरेको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...