Skip to main content

धनगढी न्यूज

धनगढीमा तीन वर्षमै सरसफाइ अभियानमा तीन लाख २४ हजारको सहभागिता

Advertisement

धनगढी: धनगढी उपमहानगरपालिकाले चलाएको “हाम्रो धनगढी सफा धनगढी अभियान” मा १९३ विद्यालय र ४०८ सरसफाइ टोल समिति क्रियाशील छन्।

सफा धनगढी अभियानको तीन वर्ष पूरा
धनगढी उपमहानगरपालिकाले सुरू गरेको “हाम्रो धनगढी, सफा धनगढी” अभियानले तीन वर्ष पूरा गरेको छ। यो तीन वर्षमा धनगढीलाई सफा राख्ने काममा नगरवासीको प्रत्यक्ष सहभागिता बढेको छ।

आर्थिक वर्ष २०७९/०८० बाट सुरू भएको “सफा धनगढी अभियान” मा तीन वर्षमा तीन लाख २४ हजार ६१५ व्यक्ति प्रत्यक्ष सहभागी भएका हुन्। जसले गर्दा सरसफाई र फोहरमैला व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले नमुना काम गरेको वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर अवस्थीले बताए। “आर्थिक वर्ष २०७९/८० बाट यो अभियान सुरू भएको हो। अभियानमा जनसहभागिता बढेको छ। जनचेतना पनि बढेको छ। जसले गर्दा धनगढीमा सरसफाइमा नमुना योग्य काम भएका छन्,” उनले भने, “सरसफाइ अभियानमा नगरवासीको ठूलो साथ र समर्थन छ।”

विद्यालयह र टोल समूह सक्रिय
धनगढीका १२५ वटा निजी विद्यालय र ६८ सामुदायिक विद्यालयसहित १९३ वटा शैक्षिक संस्थाले विभिन्न समयमा सरसफाइ अभियान चलाउने गरेका छन्।

गत वर्ष  विद्यालय रहेको क्षेत्रमा पाँच सय मिटर वरपर सरसफाइ अभियान चलाउन भनिएकोमा यो वर्षबाट हरेक विद्यालयले एक किलोमीटर क्षेत्रमा सरसफाइ अभियान चलाउने नियम बनाइएको छ। यो नियमलाई बजार तथा ग्रामीण क्षेत्रका विद्यालयहरूले आत्मसात गरेका छन्। यस्तै नगरपालिकाले नियुक्त गरेका सामुदायिक परिचालकहरूले १९ वटै वडामा गठन भएका ४०८ सरसफाइ टोल समिति मार्फत टोल क्षेत्रमा सरसफाइ अभियान चलाउने गरेका छन्। जसले गर्दा सफा धनगढी अभियानले मूर्त रुप पाएको उपमहानगरले जनाएको छ।

तीन वर्षमा सरसफाइ टोल समूहमा आवद्ध २ लाख ८३६ जना स्थानीय सरसफाइ अभियानमा प्रत्यक्ष सहभागी भएको तथ्याङ्क छ। यस्तै नगर क्षेत्रका १९३ विद्यालयका एक लाख २३ हजार ७७९ जना विद्यार्थी सफा धनगढी अभियानमा प्रत्यक्ष सहभागी भएको इन्जिनियर अवस्थीले बताए।

धनगढीमा दैनिक २१ टन फोहर संकलन
धनगढीमा हाल दैनिक २१ टन फोहर संकलन हुने गरेको छ। उपमहानगरले सूक्ष्म वर्गीकरण केन्द्र र वायो ग्यास प्लान्टमा  नकुहिने र कुहिने फोहरमैला व्यवस्थापन हुँदै आएको छ।

सडक क्षेत्रमा फोहरमैला संकलन गर्न नगर क्षेत्रका मुख्य सडकहरूमा कुहिने र नकुहिने फोहरमैला छुट्टाछुट्टै राख्न डस्टबिन राखिएको छ। ६ लेन सडकमा ४७६ डस्टबिन राखिएको छ भने सहिद गेट क्याम्पस रोड सडक खण्ड, चौराहा-सेती अस्पताल सम्मको मुख्य सडक र क्याम्पस चोक – मनेहरा सडक खण्डमा ६१६ वटा डस्टबिन राखिएको उपमहानगरले जनाएको छ। सडक किनारमा राखिएका डस्टबिनले सडक प्रयोगकर्ताहरूलाई फोहरमैला विसर्जन गर्न सहज भएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...