Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका मन्त्रालय र जिल्ला प्रशासनको आगो धनगढी उपमहानगरले निभायो

Advertisement

धनगढी: सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय लगायतमा लगाइएको आगो नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको हो।

धनगढीमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा लगाइएको आगो मङ्गलवार राति उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिकाका अनुसार बुधवार पनि जिल्ला प्रशासन कार्यालय, कैलाली, यातायात कार्यालय, कैलाली र आन्तरिक राजस्व कार्यालय, कैलालीमा फेरि सल्किएको आगो निभाइएको छ। धनगढी उपमहानगरपालिकाले मङ्गलवार दिउँसो जेन–जी पुस्ताको आन्दोलनका कारण आगो निभाउन नसकिएको बताएको छ। तर, रातिको समयमा सबै मन्त्रालय तथा कार्यालयहरूको आगो निभाइएको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सभा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, जिल्ला प्रशासन कार्यालय, कैलाली भन्सार कार्यालय, यातायात कार्यालय, डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय, हुलाकी सडक कार्यालय, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निजी निवास लगायतमा आगो लगाइएको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतका मन्त्रालय तथा विभिन्न कार्यालयहरूमा गरिएको आगलागीबाट भएको क्षतिको विवरण भने आएको छैन। तर, प्रदेश सरकार र मातहतका कार्यालयहरूमा आगोका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...