Skip to main content

धनगढी न्यूज

Day: September 10, 2025

जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला

जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला

२५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका…
Read More
सुदूरपश्चिमका मन्त्रालय र जिल्ला प्रशासनको आगो धनगढी उपमहानगरले निभायो

सुदूरपश्चिमका मन्त्रालय र जिल्ला प्रशासनको आगो धनगढी उपमहानगरले निभायो

धनगढी: सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय लगायतमा लगाइएको आगो नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले दमकलको प्रयोगबाट आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिगत जलस्रोत कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, कैलाली भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय धनगढी–१३  को वडा कार्यालयमा लगाइएको आगो नियन्त्रणमा लिएका हुन। विज्ञापन धनगढीमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा लगाइएको आगो मङ्गलवार राति उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिकाका अनुसार बुधवार पनि जिल्ला प्रशासन कार्यालय, कैलाली, यातायात कार्यालय, कैलाली र आन्तरिक राजस्व कार्यालय, कैलालीमा फेरि सल्किएको आगो निभाइएको छ।…
Read More
राष्ट्रपति र सेनाले आह्वान गरे पनि ‘जेन–जी’ सँगको औपचारिक वार्ता अझै भएन

राष्ट्रपति र सेनाले आह्वान गरे पनि ‘जेन–जी’ सँगको औपचारिक वार्ता अझै भएन

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि आन्दोलन गर्ने 'जेन–जी' समूह र सेना तथा राष्ट्रपतिबीच औपचारिक वार्ता शुरू हुन सकेको छैन । प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले 'जेन–जी' लाई वार्तामा आउन आग्रह गर्नुभएको थियो । यस्तै राति सम्बोधन गर्दै सेनापति अशोकराज सिग्देलले पनि वार्ताका लागि आह्वान गर्नुभयो । गएराति नै सेनापतिसँग 'जेन–जी' का प्रतिनिधिले गरेका छलफलमा संलग्न युवाहरूलाई उद्धृत गर्दै बीबीसी नेपाली सेवाले जनाएको छ । तर आफूहरूलाई एक्कासी बोलाएका कारण तयारी नपुगेको र अहिले वार्ता समिति बनाउने र एजेन्डा तयार गर्ने कामका लागि भर्चुअल बैठक भइरहेको उनीहरूले बताएका छन् । अनौपचारिक भेटमा सेनापतिले अबको प्रधानमन्त्रीका बारेमा जिज्ञासा राख्नुभएको भए…
Read More
राष्ट्रपति पौडेलको उपस्थितिमा आज आन्दोलनकारी र सेनाबीच निर्णायक वार्ता हुने

राष्ट्रपति पौडेलको उपस्थितिमा आज आन्दोलनकारी र सेनाबीच निर्णायक वार्ता हुने

राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ  काठमाडौं । राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफलपछि वार्ता गर्ने सहमति बनेको हो। वार्तामा नागरिक सरकार गठन, संसद् विघटन तथा नयाँ चुनावको सम्भावनासहितका संवेदनशील राजनीतिक विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार गठनको माग गर्दै आएका छन्। यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको शर्त पूरा भए मात्रै वार्ता सार्थक हुने बताएका छन्।…
Read More
सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्चका प्रवक्ताको अनुरोध- एनेक्स भवनमा रहेको अभिलेख शाखालाई जोगाऔंसर्वोच्च अदालत अझै जलिरहेको छ।  काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए। अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै  नरहेको भनिरहेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको बताए। अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले एनेक्स भवन भएपनि जोगाउन अपिल गरेका छन्। सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्वपूर्ण कागजात रहेकाले त्यसलाई भएपनि जोगाउन उनले अपिल गरेका हुन्। त्यहाँ…
Read More
कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो?

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो?

कञ्चनपुर: आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ। भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ। सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ। विज्ञापन भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ। बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ। भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको…
Read More