Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो?

Advertisement

कञ्चनपुर: आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ। भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ। सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ। बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ। भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं १ स्थित घरमा तोडफोड गरिएको छ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा–४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी, शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन तोडफोड गरिएको छ। कार्यालयभित्रका फर्निचर, कम्प्युटरलगायतका सामान तोडफोड गरिएका छन । नगरपालिकाका १२ वटै वडा कार्यालयमा तोडफोडसँगै कार्यालयभित्र रहेका सामान बाहिर निकालेर आगजनी गरिएको छ।

एमाले कञ्चनपुर इञ्चार्ज निरुदेवी पालको मेन रोडस्थित घरमा तोडफोड गरिएको छ। आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन्। भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको घरमा तोडफोड गरिएको छ।

सत्तारुढ कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन्। दोधारा चाँदनीस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...