Skip to main content

धनगढी न्यूज

राष्ट्रपति र सेनाले आह्वान गरे पनि ‘जेन–जी’ सँगको औपचारिक वार्ता अझै भएन

Advertisement

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि आन्दोलन गर्ने ‘जेन–जी’ समूह र सेना तथा राष्ट्रपतिबीच औपचारिक वार्ता शुरू हुन सकेको छैन ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले ‘जेन–जी’ लाई वार्तामा आउन आग्रह गर्नुभएको थियो । यस्तै राति सम्बोधन गर्दै सेनापति अशोकराज सिग्देलले पनि वार्ताका लागि आह्वान गर्नुभयो ।

गएराति नै सेनापतिसँग ‘जेन–जी’ का प्रतिनिधिले गरेका छलफलमा संलग्न युवाहरूलाई उद्धृत गर्दै बीबीसी नेपाली सेवाले जनाएको छ । तर आफूहरूलाई एक्कासी बोलाएका कारण तयारी नपुगेको र अहिले वार्ता समिति बनाउने र एजेन्डा तयार गर्ने कामका लागि भर्चुअल बैठक भइरहेको उनीहरूले बताएका छन् ।

अनौपचारिक भेटमा सेनापतिले अबको प्रधानमन्त्रीका बारेमा जिज्ञासा राख्नुभएको भए पनि नाम अघि नसारेको युवाहरूले बताएका छन् । यस्तै आज पनि छलफलका लागि १५–१६ जना युवा पुगेपछि सेनापति सिग्देलले पहिले आफूहरू मिलेर आउन भन्नुभएको विवरणहरू सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालबाटै आह्वान गरेको आन्दोलन भएकोले अब नेतृत्व कसले लिने भन्ने यकिन गर्न समस्या भएको छ । सामाजिक सञ्जालमा आह्वान गर्ने धेरै समूह रहेकाले नेतृत्वको दाबी पनि धेरै छ ।

आन्दोलनरत युवाहरूले अहिलेका दलका नेताबाहिरबाट सरकारको नेतृत्व हुनुपर्ने स्पष्ट पारेका छन् । उनीहरूका मागबारे अहिलेसम्म राजनीतिक दल अथवा तिनका नेताहरूबाट सार्वजनिक रूपमा कुनै धारणा सार्वजनिक भएको छैन ।

संविधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभाको सदस्य मात्र सरकार प्रमुख हुने उल्लेख छ । त्यो भएर आन्दोलनरत पक्षका माग सम्बोधन गर्न संविधानको दायराबाहिर जानुपर्ने जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि अर्को सरकार गठन नहुन्जेल उहाँकै सरकारले काम चलाउने भनी राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ । तर प्रधानमन्त्रीदेखि मन्त्रीहरूको अवस्था कहाँ के छ भनेर राज्यका कुनै निकायले सार्वजनिक गरेका छैनन् ।

राष्ट्रपति भवन शीतल निवासमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका कारण सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि ‘जेन–जी’ समूहलाई अपील गरेको हिजो दिउँसोको एउटा विज्ञप्तिबाहेक अरू कुनै गतिविधिबारे सार्वजनिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...