Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा निवर्तमान गृहमन्त्री लेकसहित १६ नेताको घरमा आगो लगाइयो

Advertisement

धनगढीः जेन्जी आन्दोलनको क्रममा कञ्चनपुरका नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

काँग्रेस नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लेखको बेदकोट–८ र भीमदत्त–१८ मा रहेका दुई घरमा आगजनी र तोडफोड गरिएको छ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त–६ मा रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको प्रहरीले जनाएको छ।

यस्तै, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश रावलको भीमदत्त–६ मा रहेको एक घरमा आगो लगाउनुको साथै तोडफोड गरिएको छ। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको वडा नम्बर २ र १८ मा रहेका दुई वटा घरमा तोडफोड र आगजनी गरिएको छ।

भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखकको भीमदत्त–१८ मा रहेको घरमा आगो लागाउनुको साथै तोडफोड गरिएको छ भने एमाले नेतृ निरु पालको भीमदत्त –४ र १७ मा रहेको दुई घरमा आगो लगाइएको प्रहरीले जनाएको छ।

प्रदेश सभा सदस्य मधु भारतीको भीमदत्त–१८ मा रहेको एक घर, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको एक घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको एक घरमा पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका हुन्।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको भीमदत्त–४ मा रहेको घरमा पनि आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको छ भने कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाको कृष्णपुर–६ मा रहेको घरमा समेत आगजनी र तोडफोड गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

चार व्यवसायीको घरमा समेत आगो

जेन्जी आक्रमणको निशानामा १६ नेताको घर परेजस्तै चार जना स्थानीय व्यवसायीको घरमा समेत आगो लगाइएको प्रहरीले जनाएको छ। भीमदत्त–४ मा खगेश्वर बोहराको होटेल ओपेरा र क्यासिनो, भीमदत्त–१८ मा दुर्गादत्त बोहराको विपिन पुस्तक पसल तथा वडा नम्बर ४ मा रहेको रोयल सिलाई सेन्टरमा पनि आगजनी, लुटपाट र तोडफोड गरिएको हो। यस्तै, भीमदत्त–५ मा सुरेन्द्रबहादुर सिंहको डायमण्ड क्यासिनोमा पनि तोडफोड र लुटपाट भएको विवरण प्रहरीले तयार गरेको छ।दिनेश खबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...