Skip to main content

धनगढी न्यूज

Day: September 11, 2025

प्रधानसेनापतिलाई दलहरूको सन्देश : संसद्‌बाटै निकास खोजौं

प्रधानसेनापतिलाई दलहरूको सन्देश : संसद्‌बाटै निकास खोजौं

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमालेसहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाबाटै समाधान खोज्न नेपाली सेनालाई सुझाव दिएका छन् । केही युवा नेताहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अहिलेको गणतान्त्रिक व्यवस्थालाई कायम राख्दै संसद्‌बाटै निकास निकाल्नुपर्ने सन्देश दिएका हुन् । ‘जंगीअड्डाबाट जेजनी प्रतिनिधिसँग मात्र अहिले संवाद भइरहेको छ, तर त्योभन्दा ठूलो र संगठित शक्ति अझै बाहिरै छौं,’ एक नेताले अनलाइनखबरसँग भने, ‘यस्तोमा परम्परागत शक्तिलाई बाइपास गरेर हुने कुनै पनि निर्णयले स्थायित्व दिँदैन ।’ त्यही सन्देश नेपाली सेनाको जंगीअड्डालाई दिइएको स्रोतले बताएको छ । स्रोतका अनुसार, ती नेताहरूले अहिलेको व्यवस्थालाई जोगाएर जेनजीको माग पूरा गर्ने सन्दर्भमा आफूहरू जे गर्न पनि तयार रहेको बताएका छन्…
Read More
कञ्चनपुरमा निवर्तमान गृहमन्त्री लेकसहित १६ नेताको घरमा आगो लगाइयो

कञ्चनपुरमा निवर्तमान गृहमन्त्री लेकसहित १६ नेताको घरमा आगो लगाइयो

धनगढीः जेन्जी आन्दोलनको क्रममा कञ्चनपुरका नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकदेखि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा तोडफोड र आगजनी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। विज्ञापन काँग्रेस नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लेखको बेदकोट–८ र भीमदत्त–१८ मा रहेका दुई घरमा आगजनी र तोडफोड गरिएको छ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त–६ मा रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको प्रहरीले जनाएको छ। यस्तै, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश रावलको भीमदत्त–६ मा रहेको एक घरमा आगो लगाउनुको साथै तोडफोड गरिएको छ। भीमदत्त नगरपालिकाका मेयर…
Read More
संसद् विघटन मुख्य मागमध्येको एक : जेन-जी

संसद् विघटन मुख्य मागमध्येको एक : जेन-जी

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजिनक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय हामी नेपाल समूहले पत्रकार सम्मेलन नै गरेर आफ्ना कूराहरू सार्वजनिक गरेको छ । समूहका अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार भएको र त्यसमा धेरैको सहमति जुटिसकेको बताए । उनले पत्रकार सम्मेलनमा संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताउँदै त्यसपछि मात्रै अरु कामहरू अघि बढने बताए । उनले आफूहरूअनुकूल हुने मन्त्रिमण्डल निर्माण गरेर जेन-जी पुस्ताले त्यसको निगरानी गर्ने पनि बताए । मन्त्रिमण्डल निर्माण र यसका अन्य प्रक्रियाका विषयमा भने आफूहरू छलफलमा जुटिरहेको उनले बताए । यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि हामी…
Read More
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री

सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री

अंग्रेजीमा एउटा भनाइ छ — There are decades when nothing happens; and then there are weeks where decades happen. नेपालीमा यसको भाव यसरी भन्न सकिन्छ — कतिपय दशक केही नभई बित्छन्; अनि कतिपय सातामै दशकौंका घटना भइदिन्छन्। नेपालमा पनि भदौ २३ र २४ गते दुई दिनमै कैयन दशकमा नहुने घटना भए। भदौ २३ गते जेन–जी पुस्ताले सडकमा ओर्लिएर कुशासन र बेथितिविरूद्ध, अनि सुशासन र कानुनी शासनको पक्षमा स्पष्ट माग राखेर जुन जबर्जस्त हस्तक्षेप गर्‍यो, त्यो नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले अंकित रहनेछ। त्यसै दिन निहत्था विद्यार्थी र युवाहरूमाथि राज्यले जुन बर्बर दमन गर्‍यो, त्यो लोकतान्त्रिक शासन व्यवस्थामा एउटा ठूलो कलंकका…
Read More
बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार २६ भदौ, काठमाडौं । कारागारबाट भागेका एक कैदी भोलिपल्टै फेरि अपराधमा मुछिएका छन् । जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । एक महिलालाई बलात्कारको प्रयास गरेपछि स्थानीयले सुनारलाई पक्राउ गरेर प्रहरीमा बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ । सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोप छ । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले…
Read More
जेनजी आन्दोलनमा मृत्युको ३३ संख्या पुग्यो

जेनजी आन्दोलनमा मृत्युको ३३ संख्या पुग्यो

दुई दिन चलेको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।  धनगढी।दुई दिन चलेको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो भने मंगलबार यो संख्या ३० पुगेको थियो। बुधबार पोखरा र ललितपुरमा जलेर मृत भेटिएका तीन शव थपिएका छन्।पोखराको लेकसाइडस्थित एक रिसोर्ट र नयाँबजारको एक सोरुममा दुई, र ललितपुर ढोलाहिटीमा गंगा दाहालको घरभित्र एक। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा १,०६१ जना घाइते भर्ना भएका छन्, जसमा ७१९ जना डिस्चार्ज भइसकेका छन्।धनगढी खबर बाट साभार
Read More
धनगढीको एक वडा कार्यालयमा आगजनी दुईमा तोडफोड

धनगढीको एक वडा कार्यालयमा आगजनी दुईमा तोडफोड

धनगढीः जेन्जी आन्दोलनको क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाको तीन वडा कार्यालयमा क्षति पुगेको छ। आन्दोलनकारीले एक वडा कार्यालय जलाएका छन् भने दुई वडा कार्यालयमा तोडफोड गरेका हुन्। मङ्गलवार भएको प्रदर्शनमा वडा नम्बर १३ को कार्यालयमा आगजनी गरिएको छ भने वडा नम्बर ४ र ८ मा तोडफोड गरिएको छ। विज्ञापन प्रदर्शनकारीले वडा नम्बर १३ को भवनमा आगो लगाउँदा सम्पूर्ण फर्निचर, उपकरण र कागजात जलेर नष्ट भएका छन् भने वडा नम्बर ४ र ८ को भवनको झ्याल र ढोकामा क्षति गरिएको उपमहानगरपालिकाले जनाएको छ।दिनेश खबर बाट साभार विज्ञापन
Read More