Skip to main content

धनगढी न्यूज

बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

Advertisement

दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार

२६ भदौ, काठमाडौं । कारागारबाट भागेका एक कैदी भोलिपल्टै फेरि अपराधमा मुछिएका छन् ।

जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

एक महिलालाई बलात्कारको प्रयास गरेपछि स्थानीयले सुनारलाई पक्राउ गरेर प्रहरीमा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ ।

सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोप छ । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए । त्यसपछि ती महिला चिच्याएकी थिइन् । महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पुर्‍याएर खेतबाट नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए । तीमध्ये २१ जना बाहेक सबै कैदीबन्दी फरार भएका थिए । यसरी फरार हुनमध्ये एक थिए, सुनार पनि । उनै सुनार अहिले फेरि अर्को अपराध गरेको आरोपमा जेलभित्र छन् ।

सुनार यसअघि पनि बलात्कै कसुरमा जेल परेका व्यक्ति रहेको बोहराले बताए । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई अदालतले दोषी ठहर गरेको थियो । बलात्कारको कसुरमा सुनारलाई ९ वर्ष कैद सजाय तोकिएको थियो ।

पछिल्लो दुई वर्षदेखि उनी कारागारमा कैद भुक्तान गर्दै थिए । यही क्रममा भागेका उनी फेरि पहिलाकै जस्तो बलात्कार प्रयासको आरोपमा पक्राउ परका हुन् । कारागारबाट भागेकामध्ये अहिले ४५ जना पक्राउ परेर कारागार फिर्ता भइसकेका छन् । अहिले भने कारागारमा ६६ जना कैदीबन्दी रहेको पाइएको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...