Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव तय

Advertisement

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीको केही घण्टामै आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटन गरेकी छन् ।

शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटनको निर्णय गरिएको हो ।

यस्तै, प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेको लागि प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति तय गरिएको छ ।

हालसम्म मन्त्रिपरिषद् विस्तार नभएकाले बैठकमा प्रधानमन्त्री कार्की एक्लै उपस्थित थिइन् । संविधानअनुसार अन्तरिम सरकार प्रमुखका रूपमा उनले संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिँदै हस्ताक्षर गरिसकेको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘भर्खरै आएका छौँ । अब भोलि–पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौ। ३–४ दिनको मेहनतबाट आफूले भनेजस्तै भएको हो । सदन विघटन भइसक्यो । राष्ट्रपतिले हस्ताक्षर गरिसक्नुभएको छ ।’

हालैको जेनजी आन्दोलनले उठाएको प्रमुख राजनीतिक माग प्रतिनिधिसभा विघटन नै थियो । उक्त मागलाई प्रधानमन्त्री कार्कीले सरकारको पहिलो निर्णयमार्फत सम्बोधन गरेकी हुन् ।

उनको यो कदमले मुलुक ६ महिनाभित्र नयाँ निर्वाचनमा प्रवेश गर्ने सुनिश्चितता दिएको छ । अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त कार्कीलाई राष्ट्रपति पौडेलले नयाँ जनादेशका लागि निर्वाचन गराउने संवैधानिक जिम्मेवारी दिएका थिए ।

अबको केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गरी कार्की नेतृत्वको सरकार निर्वाचन तयारीतर्फ लाग्ने अपेक्षा गरिएको छ ।रातो पाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...