Skip to main content

धनगढी न्यूज

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

Advertisement

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक स्थानमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा(३) बमोजिम जिल्लाभर लागु हुनेगरी शनिबार निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका हुन् ।

प्रजिअ लम्सालले जारी गरेको आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकाय कार्यालय र परिसर, अत्यावश्यक वस्तु सेवा आपूर्तिका स्थलहरु, मठ, मन्दिर तथा मुख्य बजार केन्द्रहरुमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ।

निषेधित क्षेत्रमा कुनै प्रकारको हुलदंगा, अशान्ति हुने गरी हातहतियार, घरेलु हतियार, लाठी जस्ता सामाग्री लिएर विरोध र्‍याली, सभा तथा जुलुस गर्न नपाउने, कुनै व्यक्ति वा राजनैतिक दलका पार्टी कार्यालयमा क्षति पुग्ने गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवतजावतलाई अवरोध नगर्ने, जुलुस तथा सभामा बालबालिका प्रयोग गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...