Skip to main content

धनगढी न्यूज

बझाङमा प्रहरी नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

Advertisement

बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

 धनगढी।बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन्।घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जाजरकोट भेरी नगरपालिका-४ का रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सुनार करिब ३०० मिटर तल खसेका थिए। उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।

हाल उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीसँगै भागेका सोही मुद्दाका कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले सकुशल पक्राउ गरेको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...