Skip to main content

धनगढी न्यूज

मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

Advertisement

दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन्

 धनगढी । दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन् । परम्परागत रूपमा दसैँ–तिहारको बेला महिलाले सामूहिक रूपमा प्रस्तुत गर्ने यो मौलिक नृत्य अहिले थारू गाउँमा विशेष आकर्षण बनेको छ ।

गोदावरी नगरपालिका-८, फकलपुरका माधव चौधरीका अनुसार साँझपख महिलाहरू एकनासको थारू वेशभूषामा सजिएर मादल र मिजुराको तालमा नाच्न थालेपछि गाउँभरिकै माहोल चाडपर्वमय बनेको छ ।

सखिया नाचमा महिलाले गोलबद्ध भएर तालमेलसहित नाच्ने गर्छन् । ‘मदरिया’ ले बजाउने मादलको ताल अनुसार उनीहरूले विभिन्न शैलीमा प्रस्तुत गर्ने यो नाचलाई सामूहिक मैत्रीको प्रतीक मानिन्छ । थारू महिलाले साथीलाई ‘सखी’ भन्ने भएकाले यो नृत्यलाई ‘सखिया नाच’ भनिएको हो ।

परम्परागत रूपमा दसैँ-तिहारमा सीमित सखिया नाच अहिले विभिन्न सामाजिक कार्यक्रम, मेला र महोत्सवमा पनि प्रस्तुत हुन थालेको छ । यसले थारू समुदायको मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तामा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको स्थानीयको भनाइ छ ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...