16
Sep
भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सेनाले सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो। अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि ओली र देउवा दम्पतीबाहेक अरू सबै नेता शिवपुरीबाट फर्किएका छन्। संघीय राजधानी काठमाडौं लगायत देशभरको सुरक्षा खल्बलिएका बेला मन्त्रिपरिषद र राजनीतिक दलका शीर्ष पदाधिकारीलाई सुरक्षा निम्ति राखिएको शिवपुरीमा सेनाको के-कस्तो संरचना छ भन्नेबारे धेरैलाई जिज्ञासा छ। यसका लागि हामीले सेनाका केही अधिकारीसँग कुरा गरेका छौं। उनीहरूका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जमा सेनाका प्रमुख दुई संरचना छन्। राजधानीबाट नजिक भए पनि आन्दोलनकारीको पहुँच नपुग्ने भएकाले सेनाले हेलिकप्टरमा उद्धार…






